मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

प्रेम दिवसको अवसरमा रेवान सौराहाले फुड फेस्टिवल गर्ने

प्रेम दिवसको अवसरमा रेवान सौराहाले फुड फेस्टिवल गर्ने


चितवन । नेपालले भ्रमण वर्ष–२०२० मनाइरहँदा चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाले ‘प्राकृतिक सौन्दर्यता चितवन सौराहाको विशेषता’ भन्ने मूल नाराका साथ फुड फेस्टिवल गर्ने भएको छ । 
 
हरेक वर्ष पर्यटनलक्षित कार्यक्रम गर्दै आएको रेवानले प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’को अवसरमा यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म फुड फेस्टिवल आयोजना गर्न लागेको हो । 
 
रेवानले बुधबार पत्रकार सम्मेलनमार्फत् फुड फेस्टिवलको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाको सिसुवारमा १४औँ संस्करणको फुड फेस्टिवल हुन लागेको हो । 
 
स्थानीय तथा विदेशी खानाका पारखीहरुलाई विभिन्न परिकारहरुको साथमा स्थानीय कला, संस्कृति र भेषभूषाको प्रदर्शन गर्न फेस्टिवल सहयोगी अध्यक्ष खनालको भनाइ छ । सडकमै खाने र विभिन्न सांस्कृतिक कार्यक्रममा साथमा सडकमै रमाउने वातावरण मिलाइने उनले बताए । 
 
संयोजक ध्रुव गिरीका अनुसार फेस्टिवलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । फेस्टिवलअन्तर्गत रेवानमा आवद्ध रेस्टुरेन्टमा १५, होटलमा ३० र साना पयृटन व्यवसायमा १५ प्रतिशत छूट दिइने छ । 
 
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने सो फेस्टिवलअन्तर्गत मेयरकप भलिबल, प्रेमपत्र लेखन, अन्तरविद्यालय नृत्य, डोरी तान्ने, म्युजिकल चेयरलगायतका प्रतियोगिता हुनेछन् ।
 
फागुन २ गते प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’को दिन फेस्टिवल प्रवेश शुल्कका रुपमा काटिने टिकटबाट संकलित रकमको ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई प्रदान गर्ने आयोजकले जनाएको छ । 
 
फुड फेस्टिवलको सहआयोजकका रुपमा रेवान महिना समूह र क्षेत्रीय होटल संघ नेपाल चितवन रहेका छन् ।