हिमालयखवर संवाददाता
अमेरिका– विवादमा परेका गैर आवासिय संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)का प्रवक्ता ओम भट्टराई माथि सामाजिक संजालमा फेक आईडी बनाएर समाजका विभिन्न व्यक्तिलाई जथाभावी लेख्ने गरेको आरोप लागेका थियो । यो आरोपका वारेमा छानविन गरी प्रतिवेदन नआउंदा सम्म कार्यसमिति बैठकले उनीहरुलाई निलम्बन गर्ने निर्णय भएको हो ।
आइतवार बसेको एनआरएनए अमेरिका कार्यसमिति वैठकले वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेको संयोजकत्वमा ५ सदश्य रहनेगरी छानविन समिति गठन गरेको छ । यो समितिलाई ४५ दिन भित्र प्रतिवेदन दिन भनिएको छ । यो समितिको प्रतिवेदन आएपछि उनीहरुका वारेमा निर्णय हुने छ ।
विवादमा परेका भट्टराईलाई एनआरएनए अमेरिका अध्यक्षले कार्यसमितिमा प्रवक्ताका रुपमा मनोनित गरेका थिए । प्रवक्ताको जिम्मेवारी अध्यक्ष र संस्थाको छवी राम्रो बनाउन संचार माध्यमलाई परिचालन गर्ने हो ।
एनआरएनए अमेरिकाका आजिवन सदश्य प्रसन्न संग्रौलाले आचरण विपरित काम गर्ने प्रवक्ता र सल्लाहकार मल्ललाई हटाउन लिखित निवेदन दिएका थिए ।
यसविषयमा छलफल गर्न आइतवार राती अबेरसम्म एनआरएनए अमेरिका कार्यसमितिको वैठक वसेको थियो ।
उक्त वैठक निकै तनावपुर्ण भएको थियो । कार्यसमितिका सदश्य सीपी पौडेलले बोल्दा प्रयोग गरेका शव्द र वाक्यका वारेमा सदश्यहरुले आपत्ति जनाएपछि उनले माफि मागेका थिए । उनले माफी नमाग्दासम्म केही छिन बैठक अवरुद्ध भएको थियो । एनआरएनए अमेरिकाले बैठकपछि जारी विज्ञप्तिमा पनि यसलाई संकेत गर्दै संस्थाको गरिमा उच्च राख्न अनुशासन कमिटि गठन गर्न अति आवश्यक देखिएको उल्लेख छ ।
बैठकको शुरुमै प्रवक्ता भट्टराईले छानविनको मार्ग प्रशस्त गर्न आफुहरु जिम्मेवारीबाट अलग हुन तयार गरेको वताएका थिए । तर, कार्यसमितिका केही पदाधिकारीहरुले भने एनआरएनए अमेरिकालाई विवादवाट जोगाउन उनीहरुलाई पदवाटै हटाउनुपर्ने माग गरेका थिए ।
यो आरोप लाग्ने व्यक्तिको व्यक्तिगत नैतिकताको विषय हुदां निलम्बन गर्ने, छानविन समिति गठन गर्नु नै गलत भएको हुदां यस्ता विषयमा संस्था अल्झिन नहुने कार्यसमितिका सदश्यले वताए । व्यक्तिगत विषयमा संस्थाले यस्तो निर्णय गर्नु हास्यास्पद र करिव ९ हजार सदश्यहरुको हुर्मत लिईएको ती पदाधिकारीले वताए ।
प्रतिक्रिया