मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनमा टाटा मोटर्सको तीन दिने ‘कार्निभल मेला’ सुरु

चितवनमा टाटा मोटर्सको तीन दिने ‘कार्निभल मेला’ सुरु


चितवन टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौँमा सफल आयोजनापछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गतेदेखि ११ गतेसम्म चितवनमा पहिलोपटक “टाटा मोटर्स कार्निभल”मेला आयोजना गरेको छ ।

भरतपुर-९. हाकिमचोकस्थित होटल स्टार ब्याङ्केट चितवनमा सुरु भएको मेलामा ११ गतेसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न गाडीको किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साटफेर गर्न सक्नेछन् । यस मेलामा अन द स्पट फाइनान्सका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक लाख रुपैयाँमाथि एक्सचेन्ज बोनसजस्ता सेवा तथा सुविधाहरु ग्राहकले प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मेलामा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न आकर्षणहरु राखिएका छन् । जसमा एकजोडीका लागि सिंगापुर भ्रमण वा गाडी खरिदमै आकर्षक छूट प्रदान गरिनेछ ।

टाटा मोटर्सका प्रबन्ध निर्देशक शेखर धरेलका अनुसार मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने फाइनान्समा गाडी खरिद गर्न चाहने ग्राहकका लागि मेलास्थलमै फाइनान्स गर्ने व्यवस्था मिलाइएको छ ।

धरेलका अनुसार पुरानो गाडीको पनि उत्कृष्ट र उचित मूल्यांकन हुनेछ भने ग्राहकले आफूलाई मन परेको गाडी टेस्ट ड्राइभ गर्न सक्नेछन् । मेलामा खरिद गरिएका गाडीको एक वर्षको लागि सडक कर छूट गरिएको छ ।

मेलास्थलमा संगीतमय वातावरण, विभिन्न नृत्य तथा गेमका साथै लाइभ पेन्टिङ्गको व्यवस्था मिलाइएको छ । फोटो सुट गर्न चाहनेका लागि सो सुविधासमेत प्रदान गरिएको शेखर मोर्टस् प्रालिले जनाएको छ ।

मेलामा उपस्थित हुन नसके पनि टाटा मोटर्सको बारेमा विस्तृत जानकारी प्राप्त गर्न मोबाइल नम्बर ९८०१३०६५४५, ९८०१३०६५४९ र ९८०१०९९०६९ मा सम्पर्क गर्न सकिनेछ ।