मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाबाट विनय लामीछाने लाई पत्र

अमेरिकाबाट विनय लामीछाने लाई पत्र


बिनय ! वरु तिमी पनि मरेको भए म एउटा समवेदना को आसु कविता लेख्ने थिए होला या तिम्रो जिन्दगीको कथा लेख्ने थिए होला तर आफ्नै परिवार मारेर तिमी मात्र एक्लै बाच्यौ त्यसैले तिमि महान अपराधी को लागी एउटा आक्रोशको पत्र लेखेको छू। यो पत्र कतै पढेछौ अथवा सुनेछौ भने आशा छ तिम्रो अपराधको सजायमा थप सहयोगी वन्नेछ। म चाहन्छु तिमी लाई जिन्दगीले पलपल पोलीरहने सजाय होस ।सायद तिमी पनि यहि नै चाहन्छौ।  
भनिन्छ बरु ऋण लागोस तर दिन कहिल्यै नलागोस वास्तविकता पनि यहि नै हो विनय तिमीले कसरी वुझेनौ । 
 
ऋण लागेर केहि हूदैन, धन त कमाऊन सकिन्छ, परिस्थिति आफैले वनाउने हो कहिले धनी भ्ईन्छ त कहिले ऋणी भ्ईन्छ  त्यसैले ऋण धन आफ्नो वसमा हुन्छ, तर मान्छेले समय लाई भने नियन्त्रण गर्न सक्दैन ।समय संग हिंडन सकेर आफ्नो अनुकुल बनाईरहन सके मात्र जिबनले गति लिनसक्छ नत्र पल पल  प्रतिकुल समयआईनै रहन्छ प्रतिकुल समयलाई अनुकूल वनाउन संघर्ष गर्नुलाईनै जीवन संघर्ष भनिन्छ।वैभव जिवनको सपना सबैले देख्छन देख्नु पनि पर्छ तिमीले पनि देखेकै थियौ र त ब्यापारमा हातहाल्यौ,  देखेका कति सपना  पुरा होलान कति तुहिएर जालान तर कर्म गरिरहे जिबन चलिरहन्छ  लाग्छ तिमी कर्म देखि डराएका लाछी यूवा हौ कामचोर मान्छे हौ।
 
समय आफ्नो पक्षमा नभएको र आफूले ऋणी जिबन बाच्नु अर्थहिन रहेको  कमजोर मानसिक निष्कर्ष मा पुगेर पुरै  ज़िन्दगी संग हार मानेर ३८ बर्षको जोसीलो जिन्दगी तहसनहस पार्यौ, बिनय ! आफना दुई सन्तान र सुन्दर पत्नी जमुना रेग्मी लाई लिएर बगिरहेको त्रिसुली नदिमा हामफालल्यौ। कसैले तिम्रो त उद्धार गर्यो  तिमी,"" दुर्भाग्य" वस  बाचेकाछौ तर हेर त तिम्रो परिवारको जिवनमा पूणविराम कसरी लाग्यो।दुबै सन्तान र पत्नी तिनै जना त्रिसुली संगै वगेर गए कहिल्यै नफर्कने गरी,अब तिमीले कुनै मूल्य मा पाऊन सक्दैनौ उनिहरुलाई। 
 
विनय तिमी यतिवेला मरेर वाचेका छौ तर को खुशी होला र तिमीले पुनर्जिवन पाएकोमा? न तिमी स्वयंम खुशी हुनेछौ  तिमीले भनेझै त अव वल्ल हुनेछ तिम्रो अर्थ हिन जिन्दगी।प्रेमले भरिएको सुन्दर संसार उजाडेर फेरी त्यहि  जिन्दगी संग सम्झौता गर्नु पर्दा तिम्रो अबस्था मा के वित्यो होला ? त्यो त भनिसाद्धे छैन तर अब तिमी  बाचेर पनि पलपल मरिरहन्छौ तर असली मृत्यु तिमी बाट टाढा गएको छ । कति राम्रो सँसार भत्कायौ हगी?  त्यहि परिवार संग हुर्कने माया र खुसी ले तिमीलाई आकाश जस्तै फराकिलो जिन्दगी दिने थियो। तिमीले संसार जित्ने थियौ जावो ऋण को के कुरा,तर तिम्रो मनस्थिती ले कहिल्यै जितको गोरेटो कोर्न सकेनछ ।सायद सोचेका रहेछौ ऋणी ज़िन्दगी रित्याएर जित पाउनेछु मुक्ति पाउनेछु,  लाचारी जिन्दगी संग बदला लिनेछु त्यसैले असहज मृत्यु वोलायौ,तर अफसोच तिमी आफू मात्र वाचेका छौ सायद नियतीले यहि जन्ममा तिम्रो कर्मको सजाय दिन वचाएको हुनु पर्दछ मलाई यहि लाग्छ। 
 
विनय तिमी लाई थाह हुनुपर्ने हो आज को दिनमा प्रेममा घात गर्ने नारीहरु कति छन हिसाव छैन बिश्वास मा धोखा दिने आईमाईले जिन्दगी मा डढेलो लगाईदिएका कति घटना  छन, तर तिमीसंगै बाच्ने तिमी संगै मर्ने कसम खाएर तिम्रो जिबनको रंगहरु भर्न लालुपाते र मखमली लिएर आएकी जमुना महान लाग्यो जसले तिम्रो पागल पन लाई पनि साथ दिएर तिम्रै मायाका निम्ती सहर्ष मृत्यु रोजेकी छन तिमीलाई धिक्कार छ विनय यस्तो प्रगाढ माया गर्ने अर्धांगिनीलाई जाबो डेढ करोड ऋण संग डराएर  जिउदै नदिमा खसाल्यौ एउटा पति भएर उसको अनुहारको चमकता मनको भावना पढ्नै सकेनछौ एउटी पत्नी लाई आड भरोसा ढाडस र प्रेम दिनु साटो जिऊदै नदिमा बगायौ। भर्खर सत्ताईस पुगेकी जवान केटी कति धेरै रहर पालेकी होली मनभरी, सन्तान हुर्काएर ठूलो बनाउने सपना सजाएकी होली आखाँ मा उसका सबै चाहाना त्रिशुली मा बगाईदियौ हगी। 
तिमी त पतिको नाममा कलंक रहेछौ तिमी प्रति सबै लोग्ने मान्छेको सधै घृणा र आक्रोस रहोस। 
 
विनय तिमी  शिक्षित थियौ अरे !तर आफ्नै सन्तान ति दुईवटा कोमल र अबोध अनुहारमा प्रेम र भविष्य देख्न नसक्ने तिम्रो कुहिएको मानशिकता रहेछ , सम्पति को के कुरा ति अनमोल रत्नहरुमा हासोका खित्काहरु कति थिए ,चाहनाका रंगहरु थिए तिम्रै बुढ्यौली मा आड थियो  समग्रमा भन्नु पर्दा संसार का सबै खुशीहरु थिए । जावो डेढ  करोढ ऋण संग डराएर आफ्नै मुटुका टुक्राहरु बगाई दियौ त्रिशुलीमा?  तोते बोल्ने अबोध आवाज ले बाबा भनेको एक पटक पनि सम्झेनौ? आगनमा खेलीरहने ती कोमल फूलहरु  कत्ती सम्मझेनौ ? तिमी मर्न भनेर जादैगर्दा बाटो छेउकै पसलमा छ महिनाको त्यो शिशुलाई जमुनाले तातो दुध फूकेर पियाएको मर्मस्पर्शी दृश्य देखेर पनि नरोकिने तिमी घाती हौ। 
 
६ महिने वालक को पास्नी कुरेर बसेका उसका ति मामा को मनभित्र कति ठूलो चोट लाग्यो होला ?अमूल्य जिन्दगीहरुलाई क्षणभरमा रित्याएर तिमीले श्वास फेर्नुको अर्थ छैन ।विनय तिमी मरेकै भए पनि यमराज को अदालत मा अपराधी हुनेथियौ बाचेका छौ अब मान्छेको अदालतमा अपराधी हुनेछौ र सजाय  भोग्नेछौ। तस्बिर सामाजिक संजाल 
 
– ध्रुव थापा 
अमेरिका