मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गुल्मी समाजमा नयाँ नेतृत्व

गुल्मी समाजमा नयाँ नेतृत्व


हिमालयखबर संबाददादा 
ह्युस्टन (अमेरिका)-  गत आइतवार सम्पन्न गुल्मी समाज ह्युस्टनको चौथो अधिवेशनबाट भिष्म मरासिनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। मरासिनी दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। अमेरिकी राज्य टेक्ससको ह्युस्टनमा बसोवास गर्ने र नेपालमा गुल्मी घर भएका  नेपालीहरुले नेपाली भाषा, संस्कृति र चाडपर्वहरुलाई प्रवासमा समेत निरन्तरता गुल्मी समाजको गठन गरेका हुन्। 
 
ह्युस्टनस्थित नेपालीहरुको श्री पशुपतिनाथ मन्दिरमा सम्पन्न अधिवेशबाट सर्वसम्मत गठन भएको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा लक्ष्मण भण्डारी, सचिवमा रामकृष्ण सापकोटा, सहसचिवमा सीता भण्डारी, कोषाध्यक्षमा विश्व श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। यसैगरी १२ जना सदस्यहरुमा क्रमश: डा. मधु ज्ञवाली, चिन्तामणि खरेल, नवीन गौतम, हरि न्यौपाने, दिपक खरेल, मुकुन्दहरी पौडेल, शुष्मा भट्टराई, विराज घर्ति मगर, शंकर भट्टराई, बलराम ज्ञवाली, राजु थापा, र बाबुराम खरेल छानिएका छन्। 
 
लक्ष्मण भण्डारीद्वारा संचालित कार्यक्रममा नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएचए) का अध्यक्ष डा. विष्णु नेपाल, नेपाल सरकारका पर्यटनदूत जगदीश काफ्ले, नेप्लिज हेरिटेज यूनियन (एनएचयू)का अध्यक्ष बावुराम बस्याल, क्रिएटिभ नेप्लिज सोसाइटीका अध्यक्ष गंगा शर्मा, हिमालय खबरका सल्लाहकार सम्पादक बरिष्ठ पत्रकार तारा बराल लगाएतको उपस्थिति रहेको थियो।
 
गुल्मी समाज र एनएचयू पशुपति मन्दिरमा संस्थागत ट्रष्टी
गुल्मी समाज र नेप्लिज हेरिटेज यूनिएन पशुपति मन्दिर कोषमा २,५०० डलर दान गरेर मन्दिरको संस्थागत ट्रष्टी भएका छन्। गुल्मी समाजको अधिवेशनका दौरान दुबै संस्थाका अध्यक्षले छुट्टा-छुट्टै $२,५०० डलरको चेक मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष डा. विष्णु नेपाललाई हस्तान्तरण गरेका थिए।
 
जनगणना २०२० सम्वन्धि जानकारी
गुल्मी समाजको अधिवेशनमा सहभागी नेपालीहरुलाई अमेरिकामा यो बर्ष एप्रिलबाट शुरु हुने जनगणना २०२० (सेन्सस २०२०) बारेमा जानकारी समेत गराइएको थियो। जनगणना प्रतिनिधी मन्दिप रनधवाले जनगणनामा सक्रिय सहभागिताका लागि नेपाली समुदायलाई अनुरोध गरेकी थिइन्। 
 
रक्तदान कार्यक्रम
गुल्मी समाजले आफ्नो चौथो अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। गल्फकोष्ट रिजनल ब्लड सेन्टरसंगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३१ जना विभिन्न रक्तदाताहरुले रक्तदान गरेको गुल्मी समाजका अध्यक्ष भिष्म मरासिनीले हिमालय खबरलाई बताएका छन्। 
 
तस्बिर: सुजन पण्डित/हिमालय खबर