मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

प्रदेश सांसद् दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि कुटपिट

प्रदेश सांसद् दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि कुटपिट


पोखरा । गण्डकी प्रदेशका सांसद् दीपक मनाङेका नामले चिनिने राजीव गुरुङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका जिल्ला अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन् । 
 
गण्डकी प्रदेश सरकारको सहयोगमा लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी टिमलाई बस्ने खाने तथा अभ्यास गर्ने उचित व्यवस्था नगरेको भन्दै प्रतियोगिताको व्यवस्थापनप्रति चर्को असन्तुष्टि व्यक्त गदैै मनाङेले कुटपिट गरेका हुन् । 
 
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतियोगिता उद्घाटन गर्न आउने क्रममा स्वागतका लागि आएका बखत मिलनलाई मनाङेले कुटेका हुन् । 
 
एन्फा कास्कीका अध्यक्ष गुरुङले भत्ता विवादका कारण आफूमाथि कुटपिट भएको बताएका छन् । मनाङबाट प्रतिनिधित्व गर्ने फुटबल टिमलाई मंगलबारदेखि होटलमा राख्ने व्यवस्था गरिएकोमा मनाङेले ५/६ दिनअघिदेखिकै भत्ता दिन उर्जी दिएका थिए ।
 
एन्फाले नियमविपरीत भत्ता दिन नमिल्ने बताएपछि रुष्ट बनेका मनाङेले झापड हानेका हुन् । अध्यक्ष गुरुङले प्रमुख अतिथि आउने कार्यक्रम नै भाँडिन सक्ने भएकाले आफू संयमित बनेको बताए । 
 
प्रदेश सांसद् मनाङेले मनाङबाट आएको सहभागी टिमलाई खबर नै नगरी अन्तिम समयमा प्रतियोगिताको मिति सारेको र मनाङबाट आएको टिमलाई बस्ने व्यवस्था नगरेपछि झापड हानेको स्वीकार गरेका छन् ।
 
एन्फा मनाङका अध्यक्ष निरज गुरुङले प्रतियोगिताको व्यवस्थापन राम्रो नभएको भन्दै गुनासो गरेका छन् ।