मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दामनको पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु

दामनको पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु


हेटौँडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा राति बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका छन् । 
 
रिसोर्टको १०१ नम्बर कोठामा आठ जना मंगलबार बिहान बेहोस अवस्थामा भेटिएपछि रिसोर्टका कर्मचारीहरुले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।
 
आठै जना बेहोस अवस्थामा फेला परेको जानकारी पाउनासाथ मंगलबार बिहानै उद्धारगरी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल पठाइएको पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताए । 
 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सोमबार राति सो रिसोर्टमा बास बसेका १५ जनामध्ये अत्यधिक चिसोका कारण आठ जना एउटै कोठामा हिटर बालेर सुतेका थिए ।
 
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार ती पर्यटकहरु भारतको केरला राज्यबाट नेपाल घुम्न आएका हुन् । पोखरा भ्रमण गरी उनीहरु हेटौँडा आएका हुन् । 
 
अत्यधिक चिसो भएकाले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण अक्सिजन अभावले निसास्सिएर मृत्यु भएको प्रहरीको अनुमान छ । 
 
मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय वैष्णव, ९ वर्षीया बन्द्रा रहेका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्ट मार्टमपश्चात् सनाखत भएको हो ।