मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङमा ट्रक दुर्घटना : छ जनाको मृत्यु, सात गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : छ जनाको मृत्यु, सात गम्भीर घाइते


धादिङ । धादिङको निलकण्ठ नगरपालिका-९ स्थित ९ मैदी भञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा  १५ घाइतेमध्ये सात जना गम्भीर छन् । 
 
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
 
धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोला मण्डलीमाईंको दर्शन गरी फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।
 
मिनी ट्रकमा ढोला मण्डलीमाईंको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका गाउँले चढेका थिए । मन्दिरबाट फर्किने गाउँ क्रममा मंगलबार दिउँसो ४ बजे ट्रक अनियन्त्रित भई सडकमै पल्टिएकोे हो ।
 
ट्रकमा ४० भन्दा धेरै यात्रु रहेका थिए । यात्रुसँगै ट्रकका चालकसमेत गम्भीर घाइते भएका छन् ।