मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

मनमोहन स्मृति क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

मनमोहन स्मृति क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई


काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै आर्मीले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।
 
सुनसरीको इनरुवामा आज भएको फाइनल खेलमा आर्मीले उपाधिसँगै रु चार लाख पाँच हजार पुरस्कार प्राप्त गरेको छ । 
 
उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त ग¥यो । इनरुवा रङ्गशालामा आर्मीले ब्याटिङ गर्दै ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनायो ।
 
एक सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो । 
 
पुलिसका लागि कुशल भुर्तेलले ३१, अमित श्रेष्ठले २३ तथा अनिल साहले २१ रन बनाए । 
 
बलिङतर्फ आर्मीका सुशन भारीले चार, साहब आलमले तीन तथा कुशल मल्लले दुई विकेट लिए । यसअघि आर्मीका लागि ब्याटिङ गर्ने क्रममा कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३१, राजु रिजालले २२, विक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए । बलिङतर्फ पुलिसका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिए । 
 
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी घोषित हुनुभयो । उनले रु ५५ हजार पुरस्कार प्राप्त गरे । 
 
प्रतियोगिताको उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेशका विनोद लामा तथा उत्कृष्ट ब्याट्सम्यान आर्मीका कुशल मल्ल घोषित भए । दुवै जनाले जनही रु २१ हजार पुरस्कार प्राप्त गरे । 
 
मनमोहन स्मृति क्रिकेट सेन्टर तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा गत पुस १५ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । 
 
प्रतियोगितामा सात वटा प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ तथा मलेसियाको क्रिकेट टोलीको सहभागिता रहेको थियो ।