मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वकै होचा कीर्तिमानी खगेन्द्रको २८ वर्षको उमेरमा निधन

विश्वकै होचा कीर्तिमानी खगेन्द्रको २८ वर्षको उमेरमा निधन


पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका २८ वर्षीय खगेन्द्र थापामगरको शुक्रबार पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 
 
विसं २०६७ साल असोज २८ गते उनले विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए । 
 
उनी विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका चीनका पिङपीङको रेकर्ड तोड्दै विश्वकै होचा व्यक्तिको कीर्तिमान कायम राखेका थिए । 
 
उनको बिहीबारदेखि स्वास्थ्यमा समस्या आएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।
 
निमोनियाका कारण उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । 
 
बागलुङको धुल्लुवासकोटमा जन्मिएका खगेन्द्र १८ वर्षको उमेरमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गरेका थिए । उनी २२.४ इन्च उचाइका थिए । 
 
उनी पोखरास्थित सिर्जनाचोकमा बुवाआमा रुपबहादुर र आमा धनमायासँग बस्दै आएका थिए । जन्मँदाका बखत उनको तौल ६०० ग्राम मात्रको थियो ।
 
गिनिज बुकमा नाम लेखाउँदा उनी ५.५ किलोका थिए । उनी ०४९ असोज १८ गते बागलुङमा जन्मिएका हुन् ।