मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा रहेका नेपालीहरुद्धारा कैलालीका ठग्गुराम चौधरीलाई माघीमा सवा दुई लाख रुपैया सहयोग

अमेरिकामा रहेका नेपालीहरुद्धारा कैलालीका ठग्गुराम चौधरीलाई माघीमा सवा दुई लाख रुपैया सहयोग


धनगढी, १ माघ । अमेरिकामा रहेका नेपालीहरुले कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहरास्थित मुक्त कमैया शिविरमा बस्दै आएका ठग्गुराम चौधरीलाई दुई लाख १९ हजार चार सय २९ रुपैया सहयोग गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र पश्चिम टुडे दैनिकका सम्पादक दीर्घराज उपाध्यायले दुई लाख १९ हजार चार सय २९ रकमको चेक आज दिउसो रिक्सा चालक ठग्गु चौधरीलाई हस्तान्तरण गरे ।

मेयर वडले अमेरिकामा रहेका नेपालीहरुले आफ्नो आम्दानीबाट ठग्गु चौधरी र उनकी छोरीको सहयोगका लागि प्रदान गरिएकोमा धन्यवाद दिए ।

तीन वर्षीय छोरी सहित मुक्त कमैया शिविरमा भाडामा बस्दै आएका ठग्गुरामको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि अमेरिकामा रहेका नेपालीहरुले उनको सहयोगका लागि रकम संकलन गरेर पठाएको सम्पादक उपाध्यायले जानकारी दिए ।

अमेरिकामा नेपाली समुदायमा पत्रकारिता मार्फत सकृयता जनाईरहेको नेपालय न्युजको तर्फबाट बिष्णु पौडेलका अगुवाईमा शुरु गरेको आर्थिक संकलन अभियानमा एनआरएनए आईसीसी सल्लाहकार तथा जनसम्पर्क समितिका नेता हरीबोल भण्डारी, एनआरएनए आईसीसीका सचिव गौरीराज जोशी,,र धनगढीमा रहेका ठग्गु चौधरी सम्मको पुग्नका लागी पहल कदमी खेल्ने नेपाली काँगे्रशका आमन्त्रित केन्द्रिय सदस्य एबं नेपाली जनसम्पर्क समितिका अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सहयोगी भुमिका खेल्नु भएको थियो भने धनगढीमा रहेका ठग्गु चौधरी सम्म पुगी सहयोग हस्तान्तरण गर्ने उल्लेखिय भुमिका पश्यिम नेपाल टुडेका प्रधानसम्पादक दिर्घराज उपाध्यायले गरेका थिए । 



अभियानमा गौरीराज जोशीले ८५० डलर,हरीबोल भण्डारीले ७०० डलर, बिष्णु प्रसाद पौडेलले १०० डलर, राज्य कर्माचार्य श्रेष्ठले ७५डलर, सुनिल शाह ५० मंगलदास श्रेष्ठले ३० डलर, टीका ढकालले २१ डलर, संगिता बिष्ट, यादव वाँस्तोला, विकास बिष्ट, दिलिप पौडेल, टक बहादुर रहुले,राजन घिमिरेले २०२० डलर, अशोक क्षेत्रीले ५ डलर सहयोग गरेका थिए । जसमध्ये गो फण्ड र फेसबुकमा प्रचारका लागि २५ डलर र नेपाल पठाउदा लागेको ५ डलर समेत खर्च गरिएको बताइएको छ । कैलालीको कैलारी गाँउपालिका–३ शिवरतनपुर स्थायी घर भएका चौधरी धनगढी मनेहरास्थित मुक्त कमैया शिविरमा भाडामा बस्दै आएका छन् । एक वर्षअघि उनकी पत्नी अर्कैसंग भागेर गएपछि उनी छोरीसंग बस्दै आएकी छन् । उनको जग्गा जमीन र घर छैन ।

 

दैनिक सात सय रुपैया भाडा तिरेर रिक्सा चलाउछन् । आम्दानी घटेपछि दिनभरी रिक्सा चलाएर हुने आम्दानीले रिक्साको भाडा तिर्न समस्या भएको चौधरी बताउछन् । आर्थिक अभावका कारण तीन वर्षीय छोरी राधिकालाई पढाउन र हुर्काउन समस्या भएको ठग्गुले सुनाए ।

उनको दयनीय अवस्थालाई समेटेर हेर्ने कथामा विद्या चापागाईले बनाएको डकुमेन्ट्री हेरेपछि अमेरिकामा रहेका पत्रकार पौडेलले ठग्गु र उनकी छोरीको सहयोगका लागि आर्थिक संकलन शुरु गरेका थिए । उक्त अभियानलाई अमेरिकामा रहेका नेपालीहरुले साथ दिएका थिए । पत्रकार पौडेलले संकलित रकम पत्रकार उपाध्याय मार्फत ठग्गु चौधरीलाई हस्तान्तरण गरिएको हो ।

https://www.facebook.com/messages/t/2566842026761655

चौधरीकी तीन वर्षीया छोरी राधिकाको पठन पाठनको खर्च एनआरएनए आईसीसी सल्लाहकार तथा जनसम्पर्क समितिका नेता हरीबोल भण्डारी, एनआरएनए आईसीसीका सचिव गौरीराज जोशीले व्यहोर्ने प्रतिबद्धता गरेका छन् ।



ठग्गु चौधरी त्यति ठूलो रकम पाउदा दंग थिए । उनको खुशीको सीमा नै थिएन । उनले भने, यो मेरा लागि ठूलो सहयोग हो । यति रकम त मैले जीवनमै देखेको थिएन ।

https://www.facebook.com/

उनले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।