मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको अस्पतालरोडमा देव हस्पिटलको स्वास्थ्य सेवा आरम्भ

चितवनको अस्पतालरोडमा देव हस्पिटलको स्वास्थ्य सेवा आरम्भ


चितवन । चितवनमा विभिन्न स्वास्थ्य सुविधासहित नमुना अस्पतालको रुपमा देव हस्पिटल प्रालिको शुभारम्भ गरिएको छ । भरतपुर महानगर १० स्थित अस्पतालरोडमा रहेको सो हस्पिटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । 
 
बुधबार नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फिलोसिपका केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपानेले विधिवत पूजाआजा गरी बिरामीलाई लड्डु र प्रसाद खुवाएर हस्पिटलको शुभारम्भ गरेका हुन् । 
 
उनले हस्पिटलले भरपर्दो र विश्वासिलो स्वास्थ्य सेवा प्रदान गरी सेवाग्राहीको मन जित्ने विश्वास व्यक्त गरे । हस्पिटलको पहिलो प्राथमिकता प्रभावकारी उपचार र बिरामीलाई सेवा दिनु रहेको बताए । 
शुभारम्भका अवसरमा ३० जना बिरामीलाई ओपिडी तथा ल्याबलगायतमा ५० प्रतिशत छूट दिइएको हस्पिटलका अध्यक्ष प्रवीण रानाभाटले बताए । 
 
चितवनमै अब्बल हस्पिटलको सेवासुविधा दिने उद्देश्यसहित शुभारम्भ भएको सो हस्पिटलले नयाँ उपकरण, बिरामीमैत्री वातावरण, स्तरीय र विश्वासनीय स्वास्थ्य सेवालाई आफ्नो मूल धर्म मानेर सेवा सुरु गरिएको हस्पिटलका वरिष्ठ सल्लाहकार तीर्थराज न्यौपानेले बताए । 
 
सो हस्पिटलले शुभारम्भका अवसरमा एकसातासम्म ल्याबसेवाअन्तर्गत विभिन्न परीक्षण एवम् एक्सरे सेवामा विशेष छूट दिने जनाएको छ । 
 
हस्पिटलका मेडिकल डाइरेक्टर एवम् हाडजोर्नी तथा नशा रोग विशेषज्ञ कविन न्यौपानेका अनुसार १५ शैयाबाट शुभारम्भ गरिएको हस्पिटलमा हाडजोर्नी तथा नशा रोग तथा जोर्नी प्रत्यारोपण, ल्याप्टोस्कोपी तथा जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, छाला तथा कुष्ठरोग, नवजात तथा बालरोग, ब्लड पेसर, सुगर, मुटु रोग, थाइराइड, बाथ रोगलगायत दर्जनौँ रोगको उपचार सेवा उपलब्ध छन् । 
 
यस्तै, हस्पिटलले बेहोस पार्ने, दन्त रोग, मनोरोगलगायतका सेवाका साथै इमजेन्सी सेवा, अन्तरंग विभाग र फार्मेसी सेवा पनि सुचारु गरेको हस्पिटल प्रशासनले जनाएको छ ।