मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कानून संशोधन पारदर्शी हुनुपर्ने माग गर्दै द्वन्द्वपीडितद्वारा प्रदर्शन

कानून संशोधन पारदर्शी हुनुपर्ने माग गर्दै द्वन्द्वपीडितद्वारा प्रदर्शन


काठमाडौँ । द्वन्द्वपीडितले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन पारदर्शी हुनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् ।
 
सरकार अपारदर्शी ढङ्गले परामर्श गर्न लागेको भन्दै द्वन्द्वपीडित साझा चौतारीको नेतृत्वमा द्वन्द्वपीडितहरुले आज माइतीघर मण्डलामा एक घन्टा प्रदर्शन गरेका हुन । 
 
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनका लागि राय सल्लाह लिन आज देशभर एकसाथ द्वन्द्वपीडितसँग परामर्श गरेको छ । 
 
सोही अवसरमा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरील छलफल देखावटी, अपारदर्शी र नियन्त्रित रहेको भन्दै आपत्ति जनाए ।
 
सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगमा दलीय भागबण्डामा पदाधिकारी नियुक्त गर्न लागिएको उनको आरोप छ । 
 
एकमुष्टभन्दा पनि सबै जिल्ला, सबै द्वन्द्वग्रस्त क्षेत्र, घटनाको प्रकृतिअनुसार गम्भीररूपमा अलग–अलग परामर्श तथा कानून संशोधन गर्नु द्वन्द्वपीडितको माग छ ।
 
कानून मन्त्रालयले परामर्शका लागि द्वन्द्वपीडित साझा चौतारीका प्रतिनिधिलाई समेत बोलाएको थियो ।