मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल

अब संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल


हेटौँडा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन् ।
 
मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, “हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प्रवाह गर्न सक्छन् ।” 
 
उपप्रधानमन्त्री पोखरेलले मनहरी गाउँपालिकाको यो ऐतिहासिक कदमबाट देशका अन्य स्थानीय तहले पनि पाठ सिक्नु आवश्यक रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय तह घोषणा हुनु भनेको स्थानीय शासनको प्रवद्र्धन गर्नु, बालबालिकाका लागि आवश्यक सेवाको सुनिश्चतता गर्नु र सेवाको गुणस्तर वृद्धि गर्नु रहेको बताए । 
 
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई सुधार गर्न हरेक नागरिकको दायित्व रहेको बताउँदै प्रदेशलाई विसं २०७८ भित्र बालविवाहमुक्त प्रदेश र विसं २०८० भित्र बालमैत्री प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिए । 
 
मुख्यमन्त्री पौडेलले सडक, पुल जस्ता भौतिक विकासलाई मात्र विकास भनिने पुरानो सोचमा परिवर्तन ल्याउनुपर्ने भन्दै समाजका बालबालिका र ज्येष्ठ नागरिकका लागि पनि रचनात्मक कार्यक्रम ल्याउनुपर्ने बताए । 
 
गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बालमैत्री गाउँपालिका घोषणाका लागि आवश्यक पर्ने ३९ वटा सूचक पूरा गरी जिल्ला समन्वय समितिबाट अनुगमन गराएर प्रमाणित गराएर घोषणा गरिएको बताए ।