मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्ससका नयाँ पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली समाज टेक्ससका नयाँ पदाधिकारीद्वारा पदभार ग्रहण


हिमालयखबर संबाददादा- 
ड्यालस (अमेरिका) । टेक्ससका नेपालीहरुको सबैभन्दा पुरानो संस्था ‘नेपाली समाज टेक्सस’ को गत महिना चयन भएको नयाँ नेतृत्वले आइबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।
 
आइतबार अपरान्ह अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुमन थापाले नवनिर्वाचित अध्यक्ष दिनेश शर्मालाई पद हस्तान्तरण गरे । त्यस्तै महासचिव भक्त भण्डारीले नयाँ महासचिव भानुभक्त खरेललाई र कोषाध्यक्ष अमित शर्माले नयाँ कोषाध्यक्ष मधुर खरेललाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
 
ड्यालस फोर्टवर्थ क्षेत्रमा बस्ने गण्यमान्य नेपालीहरुको बाक्लो उपस्थिती कार्यक्रममा थियो । कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई पदको शपथग्रहण पनि गराइएको थियो ।
 
कार्यक्रममा पदभार ग्रहण गर्दै नयाँ अध्यक्ष शर्माले आफ्नो दुई वर्षे कार्यकाल स्कुल, नेपाली समुदायलाई अंग्रेजी भाषा, संस्थाको सुदृढिकरणमा समर्पित गर्ने प्रतिवद्धता जनाए । सोही अवसरमा निवर्तमान अध्यक्ष सुमन थापाले दुई वर्षसम्म संस्थाको नेतृत्व गर्दा आएका उतारचढाव, भोगेका घटनाका बारेमा चर्चा गरेका थिए ।
 
कार्यक्रममा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष तथा निर्वाचन समितिका सदस्य डा. प्रेम अधिकारीले सन् १९९८ मा स्थापना हुँदादेखिको सन्दर्भहरु उल्लेख गरेका थिए । त्यस्तै अर्का पूर्ब अध्यक्ष तथा निर्वाचन समितिका संयोजक बैकुण्ठ बिक्रम थापाले आपूmले समय दिन नसक्ने अवस्था आएमा पद ओगटेर नबस्न सुझाव दिए । 
 
दुइ साता अघि भएको निर्वाचनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बाग्ले, उपमहासचिवमा नारायणहरि खड्का, कोषाध्यक्ष मधुर खरेल र सहकोषाध्यक्षमा विवेक कँडेल चयन भएका छन् ।
 
यस्तै समाजको कार्यसमिति सदस्यहरुमा विकास उप्रेती, दिनेश न्यौपाने, पशुपति तिमिल्सना, किरण पौडेल,  राजुप्रसाद नेपाल र युधिष्ठर नेपाल निर्विरोध निर्वाचित भएका छन् । 
 
तीन मनोनितः
यसैबीच संस्थाका बिभिन्न रिक्त तीन पदहरुमा आइतबारनै मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिइएको छ । मनोनित हुनेहरुमा महासचिवमा भानुभक्त खरेल, आइटी कोअर्डिनेटरमा प्रयास बास्तोला र महिला कोअर्डिनेटरमा निर्मला राई छन् । तीनैजनालाई आइतबारनै शपथ ग्रहण गराइएको थियो । 
 
ड्यालस फोर्टवर्थमा झण्डै दुई दर्जनको हाराहारीमा नेपाली संघसंस्थाहरु छन् । तरपनि नेपाली समाज टेक्ससलाई निकै प्रतिष्ठित संस्थाको रुपमा लिइन्छ । नेपाली समाजकै अगुवाईमा थुप्रै संस्थाहरु खुलेर सकृय छन् ।