मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चेम्बरको साधारण सभा सम्पन्न

चेम्बरको साधारण सभा सम्पन्न


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) । नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सको साधारण सभा आइतबार सम्पन्न भएको छ ।
 
साधारण सभाले युवा व्यबसायी बाल जोशीलाई अध्यक्षमा चुनेको छ । साधारण सभाको उद्घाटन कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए ।
 
संस्थाको प्रगति प्रतिवेदन तत्कालिन महासचिवको हैसियतमा बाल जोशीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन सिपिए स्मृति कार्कीले प्रस्तुत गरेकी थिइन् ।
 
चेम्बर ड्यालसको सेरोफेरोमा रहेर उद्योग, व्यापार, व्यबसायमा संलग्न नेपालीहरुको संस्था हो । कार्यक्रममा चेम्बरमा आवद्ध नयाँ सदस्यहरुलाई शपथग्रहण गराउनुको साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 
 
त्यस अवसरमा निवर्तमान अध्यक्ष मनोज सिग्देल, संस्थापक अध्यक्ष बासु भण्डारी, सिपिए भीम कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
नवनिर्वाचित अध्यक्ष जोशीले गत वर्ष ७ वटा चेम्बर मिक्स, ८ वटा एप्रिसिएसन, उद्यमी महिला सम्मेलन लगायतका कार्यक्रमहरु सम्पन्न गरेको जानकारी दिए । चेम्बरले युलेसमा बन्न लागेको मन्दिरका लागि २५ हजार डलर सहयोग गरिसकेको छ । 
 
आगामी दिनमा नेपाली समुदायलाई उद्यमी हुन सहयोग पु¥याउने कार्यक्रमहरु गर्ने योजना समेत जोशीले सुनाए । ‘कफी विथ क्यापिटल’, ग्याँस स्टेशन÷स्टोरहरुका लागि उपयुक्त कार्यक्रम, स्टार्टअप एकाडमी, चेम्बर न्यूजलेटर लगायतका कार्यक्रमहरु समेत आयोजना गर्ने घोषणा उनले गरे ।
 
सोही अवसरमा सन् २०२० का लागि करको क्षेत्रमा भएको परिवर्तनका बारेमा सिपिए विलाश उपाध्यायले जानकारीमुलक प्रस्तुती दिएका थिए ।
 
गत महिना संस्थाको जोशीको नेतृत्वमा नयाँ पदाधिकारी चयन भएका थिए । चेम्बरको उपाध्यक्षमा सुदीप अधिकारी, महासचिवमा प्रदीप गिरी, सचिवमा शिलु घिमिरे र कोषाध्यक्षमा स्मृति कार्की चयन भैसकेका छन् । 
 
त्यस्तै सदस्यहरूमा डा. विष्णुमाया उपाध्याय, सन्तोष चाैधरी, सुरेशचन्द्र पोखरेल, कृष्ण भण्डारी, शैलेन्द्र मानन्धर, सुनिल गाैतम, विजयराज भट्टराइ, प्रेम शाही र सुरज पाैडेल छन् ।