मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा तीन समाजसेवी अवार्डबाट विभुषित

ड्यालसमा तीन समाजसेवी अवार्डबाट विभुषित


 हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) । टेक्ससको ड्यालसमा प्रख्यात मम टुगोले समाजमा योगदान दिने तीन जना समाजसेवीलाई ‘हिरो अवार्ड’ ले विभुषित गरेको छ ।
 
शनिबार साँझ आयोजित विशेष कार्यक्रममा मम टुगोले ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा समाजसेवामा सकृय दुईजनालाई ‘हिरो अवार्ड’ र एकजनालाई ‘हिरो अफ दी इएर’ ले विभुषित गरेको छ । नेपाली समुदायका बिभिन्न गतिविधिमा सकृय मनिता मानन्धर र मकर बज्राचार्यलाई हिरो अवार्ड प्रदान गरियो । 
 
त्यस्तै गरि व्यबसाय र समाजसेवामा सकृय सुरज पौडेललाई सन् २०१९ को हिरो अफ दी इएर सम्मानबाट विभुषित गरिएको थियो । तीनैजना समाजसेवीहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
 
२०१९ हिरो अफ दी इएर बाट विभुषित पौडेललाई मम टुगोको तर्फबाट मासिक चार प्लेट (वर्षको ४८ प्लेट) मम निशुल्क प्रदान गर्ने घोषणा मम टुगोले  गरेको छ । कार्यक्रम आयोजना गर्नुको बारेमा प्रदीप गिरीले प्रकाश पारेका थिए । समाजसेवी बासु भण्डारीले पनि समाजसेवाका बारेमा आफ्नो धारणा राखेका थिए भने कार्यक्रम संचालन सुमन कार्कीले गरेका थिए  ।