मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सञ्चार सहकारीमा चापागाई

सञ्चार सहकारीमा चापागाई


काठमाडौँ, २६ पुस – सञ्चार वचत तथा ऋण सहकारी संस्था प्रालिको पाँचौ अधिवेशनले प्रदीपकुमार चापागार्ईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
 
सो सहकारीको आज भएको अधिवेशनले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल र सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्धवारिका काफ्ले रहनुभएको छ । 
 
उक्त सहकारीको सल्लाहकारहरुमा सहकारीका संस्थापक अध्यक्ष विष्णु निष्ठुरी, पूर्व अध्यक्ष तथा राससका पूर्व महाप्रबन्धक निर्मला आचार्य तुलाधर रहनुभएको छ । 
 
संस्थापक अध्यक्ष निष्ठुरीका अनुसार पत्रकारहरुले कमाएको थोरै थोरै बचत गरेर सञ्चार क्षेत्रमै लगानी गर्ने र पत्रकारलाई सानो सानो रकम खोज्ने अन्त जानु नपर्ने उद्देश्यले सञ्चार सहकारीको स्थापना गरेको बताउनुभयो ।
 
श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा, सीप विकास र क्षमता अधिवृद्धि गर्ने र सानोतिनो गर्जो टार्ने उद्देश्यले स्थापना भएको सो सञ्चार सहकारीको १९४ सदस्यहरु रहेका छन् ।