मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।
 
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” 
 
प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनले भने, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित भएकी शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”
 
नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिएनन् । 
 
गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । 
 
सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र छलफल जारी भए पनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
 
प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।