मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जहाज दुघर्टनाको कारण इरान भएको आरोप

जहाज दुघर्टनाको कारण इरान भएको आरोप


हिमालयखवर संवाददाता
अमेरिका- इरान फेरी नयां समस्याले विवादमा परेको छ । इरान , अमेरिका तनाव केही मथ्थर हुन लागिरहेका वेला दुई दिन अघि भएको विमान दुघर्टनाहुनुमा इरानको मिसाइल जिम्मेवार रहेको आरोप लागेको हो ।
 
युक्रेनको किभका लागि तेहरानवाट उडेको बोइगं ७३७ जहाज केही मिनेटमै दुघर्टनामा परेको थियो । यसमा १ सय ७६ जनाले ज्यान गुमाएका थिए । जसमा अधिकांश यात्रु इरान र क्यानडाका नागरिक थिए । जहाज दुर्घटनामा पर्नुमा प्रावधिक कारण नभई मिसाइल आक्रमण भएको दावी गरिएको छ । नियतवश नभएपनि रसियामा वनेको मिसाइलले बिमान दुघर्टनामा परेको दावी गरिएको छ ।
 
क्यानडाका प्रधानमन्त्री जस्टीन जुडेले गुप्तसुचनाको हवाला दिदैं इरानको मिसाइलकै कारण जहाज उडेको लगत्तै झरेको दावी वताए । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि आफ्ना गुप्तचर निकायले यस्तै सुचना दिएको सार्वजनिक गरेका छन् ।
 
तर, इरानले भने यो आरोपको खण्डन गरेको छ । यो आरोप पुर्ण रुपमा असत्य रहेको जनाउंदै यसवारेका गुप्त सुचना साझा गर्न चुनौती दिएको छ । अमेरिकी संचार संस्था सीएनएनले जहाज केही चम्किलो तत्वसंग ठोकिएको भिडियो सार्वजनिक गरेको छ ।
 
युक्रेनको किभका लागि इरानको तेहरानवाट उडेको बोइगं ७३७ जहाज वुधवार जमिन छाडेको दुई मिनेट भित्रै दुघर्टनामा परेको थियो । उक्त जहाजमा १७६ जना यात्रु र चालकदलमा सदश्य थिए । यी सवैको मृत्यु भएको छ । युक्रेन इन्टनेश्नल एअरलाइन्सको उक्त जहाजको दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन । प्राविधिक कारणले जहाज दुघर्टनमा पर्यो वा यसमा इरानको कुनै हात छ, यसको अनुसन्धान जारी छ ।
 
इरान अमेरिका तनाव मथ्थर हुने संकेत संगै अमेरिकी शेयर बजारमा बिहिवार उछाल आयो । शेयर सुचकले उचाईको नयां इतिहास वनाईरहेको छ । वढ्न थालेको सुन र तेल बजार पनि थामिएको छ । तस्बिर: सामाजिक संजाल