मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इरान – अमेरिका तनाव

इरान – अमेरिका तनाव


हिमालयखवर संवाददाता- 
अमेरिका इरान र अमेरिका तनावले उग्र रुप लिने हो कि भन्ने त्रास रहिरहेका वेला अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले सन्तुलित अभिव्यक्ति दिएका छन् । बुधवार टेलिभिजन सम्वोधनका क्रममा राष्ट्रपतिले अमेरिका मध्येपुर्वमा शान्ति स्थापित होस भन्ने पक्ष्ँमा रहेको वताए । यसका लागि विश्वका अन्य शक्तिशाली देशसंग पनि सहयोग मागेका छन् ।
 
मंगलवार सांझ इरान अमेरिका तनाव अझ वढ्छ कि भन्ने आंशका थियो । इरानले इराक स्थित अमेरिकी सेनाको शिविरमा एक दर्जन भन्दा वढी मिसाइल हाने पछि तनाव वढ्ने त्रास थियो । इरानले पनि यो मिसाइल कारवाही अमेरिकी आक्रमणमा मृत्यु भएका आफ्ना जनरल कासिम सुलेमानीको हत्याको प्रतिरोधमा मात्र भएको वताएको थियो ।
 
इरान अमेरिका तनाव कै विच युक्रेनी बायु सेवाको जहाज दुर्धटनामा पर्यो । यो दुर्धटनामा जहाजमा रहेका करिव १८० जना यात्रुले ज्यान गुमाए ।
 
युक्रेनको किभका लागि इरानको तेहरानवाट उडेको बोइगं ७३७ जहाज जमिन छाडेको दुई मिनेट भित्रै दुघर्टनामा परेको थियो । उक्त जहाजमा १७६ जना यात्रु र चालकदलमा सदश्य थिए । यी सवैको मृत्यु भएको छ । युक्रेन इन्टनेश्नल एअरलाइन्सको उक्त जहाजको दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन । प्राविधिक कारणले जहाज दुघर्टनमा पर्यो वा यसमा इरानको कुनै हात छ, यसको अनुसन्धान भईरहेको छ ।
 
 
राष्ट्रपति ट्रम्पको सम्वाधोन ,तेलका लागि मध्येपुर्वमा निर्भरता अव छैन
 
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इरानले इराक स्थित अमेरिकी सेनाको व्यारेकमा गरेको मिसाइल आक्रमणमा कोही पनि हाताहात नभएको वताएका छन् । वुधवार टेलिभिजन सम्वोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको पुर्व मिसाइलवारे पुर्व सुचना प्रणालीका कारण त्यो हमलामा कुनै मानविय क्ष्ँती नभएको दावी गरे । त्यहां निकै कम नोक्सान भएको उनले वताए ।
 
अमेरिकी सेना जुनसकै अवस्थाको पनि सामना गर्न सक्षम रहेको राष्ट्रपति ट्रम्पले वताए । इरानले आफ्नो रवैया परिवर्तन नगर्ने हो भने मध्येपुर्वमा शान्ति हुन नसक्ने वताउंदै ट्रम्पले इरानलाई सच्चिन पनि सुझाव दिए ।
 
राष्ट्रपति ट्रम्पले इरानलाई कुनैपनि हालतमा पुरमाणु शक्ति वन्न नदिने घोषणा पनिगरे । उनले उनले आफ्नो सम्वोधनमा इरानी जनरल कासिम सुलेमानी जघन्य हमलाका सुत्रधार भएकाले उनलाई मार्नु परेको दावी पनि गरे । ट्रम्पले इरानलाई सही मार्गमा ल्याउन रुस, चीन, फ्रँन्स, र वेलायतको समेत सहयोग मागेका छन् ।
 
अमेरिका तेल उत्पादनमा अव विश्वकै नम्बर एक भएको जानकारी दिदैं ट्रम्पले अव तेलका लािग मध्येपुर्वको निर्भरता अव कुनै जरुरी नभएको समेत दावी गरे ।
 
 
अर्थतन्त्रमा प्रभाव
 
 
इरानले मंगलवार इराक स्थित अमेरिकी सैनिक व्यारेकमा मिसाइल हानेपछि विश्व तेल, सुन र शेयर बजार प्रभावित भएको थियो । तेल र सुनको मूल्य बृद्धि भयो भने शेयर बजार खस्किंन थालेको थियो ।
 
तर, उक्त आक्रमणवाट कुनैपनि अमेरिकी वा मानविय क्षती नभएको सार्वजनिक भएपछि अर्थतन्त्रमा केही खुशी छाएको थियो ।
 
वुधवार राष्ट्रपतिको सम्वोधन पछि अमेरिकी शेयर बजारमा केही उछाल आएको छ । मंगलवार वढेको तेलको मूल्यमा पनि केही सुधार आएको छ ।