मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याए : जो बाइडेन

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याए : जो बाइडेन


अमेरिका । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन् ।  
 
डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका हुन् । 
 
उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए ।
 
यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रियरुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्यो– उनले भनेका छन् । 
 
यदि अमेरिकाका विरुद्धमा त्यस्तो धम्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटोहरु हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले हत्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरुलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताए ।
 
उनले भने– हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको जिम्मेवारी को हुन्छ ? 
 
एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रुपमा युद्धको नजिक अमेरिकालाई पनि पु¥याएको उनले आरोप लगाए । 
 
पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नभएको पनि बताए । 
 
उनले भने– विरोधीहरुलाई हराउने र उनीहरुलाई कूटनीतिक रुपमा तल पार्ने यसरी युद्धको भावना जगाएर होइन, अर्कै व्यवहारले हो ।
 
अमेरिका इरानसँग युद्ध चाहन्छ : इरानी विदेशमन्त्री 
 
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको अरोप लगाएका छन् ।  
 
उनले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताए । 
 
विदेशमन्त्री जरिफले सुलेमानीको हत्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलापहरुलाई नै आतंककारी क्रियाकलाप भन्ने हो भने । 
 
उनले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छोड्ने दाबी गरेका छन् । उनले भने– हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य कमाण्डरको हत्याको बदला लिनेछौँ । सिन्हवा