मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इरानी जनरल कासिम सुलेमानीको हत्या पछिको त्रास

इरानी जनरल कासिम सुलेमानीको हत्या पछिको त्रास


हिमालयखवर संवाददाता-
अमेरिका। ईरानी जनरल कासिम सुलेमानी गत साता अमेरिकी आक्रमणमा मारिएपछि अमेरिका इरान विच तनाव बढीरहेको छ । यो तनावले अमेरिका भित्र र वाहिर विश्वभर अव के हुन्छ भन्ने त्रास  छाएको छ । फ्रान्स, जर्मनी, बेलायत लगायतका देशले इरानलाई संयमित हुन अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंगले पनि यो तनाव प्रति चिन्ता व्यक्त गरेको छ । छिमेकी देश भारतले विकसित घटनाक्रमलाई नजिकवाट हेरिरहेको जनाएको छ ।
 
यो तनावले तेल, सुन बजारमा असर पारिसेकेको छ । तेल र सुन दुवैको मूल्य वृद्धि भएको छ । सुनको मूल्य त सात बर्ष यताकै सवैभन्दा उचाईमा पुगेको छ । यो तनाव मथ्थर भएन भने यो अरु वढ्न सक्छ । यसले कतै अमेरिकी अर्थतन्त्रलाई मन्दी तर्फ लैजान्छ कि भन्ने त्रास पनि छ ।
 
यो तनावका विच अमेरिका भित्र आम नागरिकमा पनि कुनै अप्रिय समाचार सुन्न नपरोस भन्ने छ । तर, अमेरिका र इरान एक अर्कोलाई लगातार धम्कीको भाषामा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसंग परमाणु हतियार कहिलै पनि नभएको वताएका छन् । यसको प्रतिउत्तरमा ईरानका राष्ट्रपति हसन रुहानीले ईरानलाई कमजोर ठानी कुनै धम्की नदिन चेतावनी दिएका छन् ।
 
यो आरोप प्रत्यारोप इरानले सन् २०१५ मा अमेरिका इरान विच परमाणु हतियार नवनाउने सम्झौता केही दिन अघि खारेज गरेपछि आएको हो । यस अघि राष्ट्रपति ट्रम्पले इरानले अमेरिका र अमेरिकी माथि हमला गरे उसका ५२ वटा महत्वपुर्ण स्थान ध्वस्त वनाईदिने केही दिन अघि चेवनी दिएका थिए ।
 
अमेरिकीले आधुनिक हतियारयुक्त ड्रोन प्रयोग गरेर इराकको बगदाद विमानस्थलमा इरानी जनरल सुलेमानीको हत्या गरेको थियो । सुलेमानी इरान इराक युद्धका लागि गठन भएको इरानी सैन्य दस्ताका जनरल थिए । इरान वाहिर हुने सैन्य अभियानमा यो सैन्य दस्ता प्रयोग हुदैं आएको थियो । सुलेमानीले केही मौकामा अमेरिकालाई सहयोग पनि गरेका थिए । तर, पछिल्लो समयमा अमेरिकासंग उनको सम्वन्ध राम्रो थिएन । सुलेमानी इराक भित्र शक्तिशाली थिए । उनको त्यसको सत्तामा राम्रो पकड थियो ।
 
नेपाल लगायत दक्षिण एशियामा प्रभाव इरान अमेरिकाको तनावले नेपाल लगायत दक्षिण एशियाली देशको अर्थतन्त्रमा प्रभाव पार्छ । खाडी क्ष्ँेत्रमा नेपाल, भारत लगातय दक्षिण एशियाली मुलुकका लाखौं युवा रोजगारीमा छन् । खाडीमा तनावले त्यहां रोजगारी पाईरहेका नेपाल लगायत दक्षिण एशियाली देशका नागरिकलाई असर पार्न सक्छ ।
 
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान महत्वपुर्ण छ । खाडी मुलुकमा लाखौं नेपाली युवा काम गर्छन । रेमिट्यान्स अहिले घट्दो क्रममा छ । यो अझ घट्यो भने नेपालको अर्थतन्त्रमा समस्या आउने छ । खाडी तनावले भारतलाईपनि असर गर्छ । खाडी मुलुक र भारत विच ठुलो आर्थिक कारोवार हुने गर्छ । भारतको अर्थतन्त्र अहिलेनै मन्दीको अवस्थामा छ ।  खाडी तनावले यो मन्दीलाई थप गहिरो पार्न सक्छ । भारतमा अझ गहिरो आर्थिक मन्दी आयो भने नेपाललाई पनि असर पर्छ ।
 
भारतमा खाडीमा विद्यमान असर देखिन थालिसकेको छ । भारतीय रुपैंया अमेरिकी डलरसंग कमजोर भएको छ । भारुको असर नेपालमा पनि परेको छ । यही कारण प्रति अमेरिकी डलर करिव १ सय १५ रुपैंयाको हाराहारीमा पुगेको छ । नेपालमा सुन तोलाको ७० हजार नाघेको छ । तस्बिर: सामाजिक संजाल