मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

साताको शेयर बजार : दुई अर्ब ३९ करोडको कारोबार

साताको शेयर बजार : दुई अर्ब ३९ करोडको कारोबार


काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भए ।
 
बजारमा कारोबार मापक नेप्से परिसूचक  तुलनात्मकरूपमा अस्थिर रहेको बेला साताभर रु दुई अर्ब ३९ करोड ९२ लाख ७३ हजार ६५ बराबरको कारोबार भयो । 
 
साताको पहिलो दिन आइतबार कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुग्यो । 
 
कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भए ।
 
सोमबार  नेप्से परिसूचक साढे पाँच अङ्कले बढ्यो ।  कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए । 
 
सोमबार साढे पाँच अङ्कले बढेको नेप्से मङ्गलबार भने झिनो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुग्यो । 
 
कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरिद–बिक्री भए । 
 
बुधबार कूल १७६ कम्पनीका ११ लाख ७५ हजार ३१३ कित्ता शेयर रु ३७ करोड ९९ लाख ८८ हजार ३०१ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुग्यो ।
 
परिसूचक घटे पनि कारोबार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार त्यस दिन  १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरिद बिक्री भए ।
 
साताभर विभिन्न दुई कम्पनीको शेयर स्टकमा सूचीकृत भए । त्यसमा हिमालयन बैंकको ऋणपत्र २५ लाख ६९ हजार १०४ सूचीकृत भयो । यस्तै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख चार हजार कित्ता शेयर सूचीकृत भएको छ । 
 
बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक क्रमशः शीर्षस्थानमा रहे ।