मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा लैनसिंह बांगदेल भाषा साहित्य प्रतिष्ठान

भारतमा लैनसिंह बांगदेल भाषा साहित्य प्रतिष्ठान


कोलकता (भारत) । विदेशमा बस्ने नेपालीहरुले आफ्नो भाषा , साहित्य र कलाको प्रबर्द्धन गर्न सक्रिय भूमिका खेल्ने गरेका छन् । अझ भारतवासी नेपालीहरूको योगदान यी क्षेत्रमा उल्लेखनीय रहने गरेको छ । 
यसै सन्दर्भमा कोलकतामा लैनसिंह बांगदेल नेपाली भाषा , साहित्य कला प्रतिष्ठान जागरूक देखिएको छ । 
 
गत डिसेम्बर २८ तारिकको दिन धरमतला छेउ संजीब गुरुंगको निवासमा बसेको यो प्रतिष्ठानको सभाले पूरानो कार्यसमिति भंग गरी नयाँ समिति चयन गरेको छ । 
 
जसमा सभापति धनलाल रामुदामु, सहसभापति सन्तोषचन्द्र दर्नाल, मूलसचिव संजीव गुरुङ, सहसचिव अरुण राई, कोषाध्यक्ष खडग गुरुङ, सह कोषाध्यक्ष ऐत अादिमलाई सर्वसम्मतिले चुने। सभाले निम्नलिखित ७ जनाको कार्यकारिणी समिति गठन गर्यो। जसमा निमा निष्कर्ष, अशेष लिम्बू, अजय थापा, राजु प्रधान, रञ्जना गुरुङ, बबिता राई रहेका छन्। उक्त सभाले कञ्चनजंघा एफ.एमका निर्देशक चन्द्र भण्डारीलाई संरक्षक र बिकास कार्की, देविका मोक्तान,  गणेश प्रधान र ध्रुव लकान्द्रीलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।
 
बांगदेल प्रतिष्ठानको नयाँ कार्यसमितिले नेपाली भाषा , साहित्य र कलाको विकासमा  सक्रियता देखाओस भन्ने सभाको जोड रहेको थियो । 
 
सभा गणेश प्रधानको सभापतित्वमा बसेको थियो । स्वर्गीय बांगदेल सम्मानित साहित्यकार एवम् चित्रकार थिए । उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएका थिए ।