मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा (नयाँबर्ष) गुरुङ समुदायको महानपर्व तमु ल्होछार सम्पन्न

लस एन्जलसमा (नयाँबर्ष) गुरुङ समुदायको महानपर्व तमु ल्होछार सम्पन्न


लसएन्जलस (क्यालिफोर्निया)- गुरुङ समुदायले नयाँ बर्ष २०२० को अवसरमा साउदर्न क्यालिफोर्निया  लसएन्जल्समा  डिसेम्बर ३१ गते मंगलबारको दिन विशेष सांस्कृतिक कार्यक्रमको साथमा तमु ल्होछार भव्यता कासाथ सम्पन्न गरियो।
 
कार्यक्रममा दोहाोरी गायिका शिला आलेमगर र बहुचर्चित तथा लोकप्रिय भगवान भण्डारीका प्रस्तुतिमा सहभागीहरु  भरपुर मनोरंजनका साथै डिजे मा झुमेका थिए।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज हो । जसले आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्ने उध्येशका साथ आफ्नो संस्कृति  मनाउदै आईरहेको छ ।
 
यस पटक बिगतका बर्षहरुमा भन्दा उल्लेखनीय उपस्थिति रहेंको थियो । कार्यक्रममा महावाणिज्यदुत ऋषि ढकाल र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाकी महासचिव डोल्मा लामाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
 
महावाणिज्यदुत ऋषि ढकालले सबै नेपालीहरुले आफु वरपर रहेका नेपाली तथा अन्य पर्यटकहरुलाई नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाल जाऔ र नेपाल जाने वातावरण तयार गरौ भन्दै अनुरोध समेत गरेका थिए। 
 
प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परा अनुसारको चाडपर्व मनाउन पाउनु सिङ्गो नेपालीहरुको निम्ति गौरव भएको बताउदै सम्पुर्ण साउदर्न क्यालिफोर्नियाका नेपालीहरुलाई नयाँ बर्ष तथा (तमु ल्होछार) को शुभकामन सहित कार्यक्रमका सभापति ज्ञानेन्द्र गुरुङ लें धन्यवाद ज्ञापन गरेका थिए ।