मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हिमाली जिल्ला रसुवाको प्राकृतिक दृश्य समेटिएको चित्रकला प्रर्दशनी काठमाण्डौमा

हिमाली जिल्ला रसुवाको प्राकृतिक दृश्य समेटिएको चित्रकला प्रर्दशनी काठमाण्डौमा


काठमाडौँ । रसुवा कला यात्राका क्रममा १६ चित्रकारले बनाएका चित्रको आजदेखि काठमाडौँमा प्रदर्शनी शुरु भएको छ । शनिबारीयचित्रकला कार्यशाला अभियानका अभियानकर्मीले गत कात्तिक तेस्रो साता रसुवामा पुगेर स्थलगत रुपमा चित्र बनाएका थिए ।काठमाडौँको ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा ३१ चित्रको प्रदर्शनी गरिएको हो । चित्रकला प्रदर्शनी चार दिनसम्म चल्ने रसुवा कलायात्राका संयोजक दिवेशमान प्रदानले जानकारी दिए ।
 
प्रदर्शनीको प्रतिनिधि सभाका सांसद मोहन आचार्यले उद्घाटन गर्दै कागजमा थ्रिडी स्वरुपमा दृश्य उतार्नु सामान्य कार्य नभएको उल्लेखगरे।
 
यस्ता कार्यक्रमले नेपालको चिनारीलाई विश्वमा पुर्याउन सहयोग गर्ने भन्दै उनले यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । 
 
उनले चित्रकलाका क्षेत्रकों विकासकालागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
 
रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले प्राकृतिक छटालाई दुरुस्तै सिर्जना गरेर यहाँको महत्वलाई उजागर गरेकोमाकलाकारलाई धन्यवाद दिए । यसले पर्यटन विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 
 
चित्रकला प्रदर्शनी जिल्लाकै पहिलो भएको जानकारी दिँदै रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी अधिकारीले लुकेकोप्राकृतिक महत्वका चिजवस्तुलाई प्रस्फुटन गराएकोमा कलाकारको प्रशंसा गरिन् ।
 
कार्यक्रम संयोजक प्रधानले विगत १६ महिनादेखि हरेक शनिबार कलाकारले स्वतफूर्त रुपमा स्थलगत चित्रकला कार्यशाला आयोजनागरेको जानकारी गराउँदै सोही सिलसिलामा कलाको माध्यमबाट काठमाडौँ र रसुवालाई जोड्ने प्रयास गरिएको बताए ।
 
स्थानीय चित्रकार शशीकुमार डङ्गोलले काठमाडौँबाट रसुवामा पुगेर चित्रकला कार्यशाला आयोजना गर्नु स्थानीयका लागि महत्वपूर्णकुरा भएको बताए ।
 
अग्रज कलाकार गेहेन्द्रमान अमात्यले नेपाल भ्रमण वर्षको शुरुआतका अवसरमा जिल्लामा पुगेर चित्रकला कार्यशाला गरी काठमाडौँमाल्याएर प्रदर्शनी गर्दा मुलुकको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने आशा व्यक्त गरे ।