मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तमु लोच्छारमा रात्री भोज

तमु लोच्छारमा रात्री भोज


ह्युस्टन (टेक्सस)- नेपालीहरु संसारभर जहाॅपुगे पनि जहाॅ बसेपनि आफ्नो साॅस्कृतिक पर्व, रीति-रिवाजलाई छोड्न सक्दैनन्। सानो होस् वा ठूलो समुदाय उनीहरु आफ्नो भाषा, धर्म एवं सस्कृति अनुरुपका पर्व मनाउन पछि पर्दैनन्। 
 
डिसेम्वर ३१ को साॅझ अमेरिकी राज्य टेक्ससको ह्युस्टन शहरमा एउटा गज्जबको रात्री जमघट आयोजना गरिएको थियो। पियरल्याण्डस्थित एक बैकिट हलको भित्तामा दुईवटा ब्यानर थियो र त्यसमा लेखिएको थियो- ‘तमु लोच्छार’ र ‘ह्याप्पी न्यू एअर २०२०’। 
 
ह्युस्टनका सक्रिय युवा व्यवसायी चेज गुरूॅगको सक्रियतामा आयोजित जमघटको एउटै उद्देश्य थियो- गुरुॅग समुदायको नयाॅ बर्ष तमु लोच्छार (पुस १५) र अंग्रेजी नयाॅ बर्ष २०२० लाई स्वागत गर्न नेपाली समुदायको सहभोज र मनोरन्जनात्मक कार्यक्रम गर्नु। गुरूंगहरुको साॅस्कृतिक परिहरनमा सजिएर आएका गुरूॅग समुदायका महिला पुरुषहरुले सात समुद्रपार प्रवासमा समेत नेपाली परम्परालाई जीवित राखिरहेको आभाष मिलिरहेको थियो। 
 
निकै ठट्यौली शैलीमा मन्चमा पुगेका चेज गुरूॅगले भने- ‘ह्याप्पी तमु लोच्छार, ह्याप्पी न्यू एअर २०२०। आजको साॅझ नेपाली दाजु-भाइ/ दिदी-बहिनीहरुकाबीच खानपिन र रमाइलो गर्ने साॅझ।’
 
रात्री भोज सहितको रमाइलो जमघटलाई सहज बनाउन सहयोग गर्ने सबै साथी-भाईहरुको नाममा गुरूॅग थर जोडेर धन्यवाद दिने चेज गुरूॅगको शैलीले हलमा हाॅसोको फोहरा छुटेको थियो। 
 
गुरूॅग पहिरनमा सजिएका विशाल गुरुंग र शो माया गुरूॅगले गुरूॅग गीतमा प्रस्तुत गरेको सुन्दर नृत्यको सबैले प्रशंसा गरेको सुनियो। त्यस लगत्तै मिलन गुरूॅग र अन्जु गुरूॅगले पनि सुन्दर युगल नृत्य प्रस्तुत गरेका थिए। 
 
करीब १२५ जति नेपाली समुदायका व्यक्तित्वहरु उपस्थित मनोरन्जनात्मक रात्री भोजमा नेप्लिज एशोसियन अफ ह्युस्टनका अध्यक्ष लगाएत अधिकाॅस पदाधिकारीहरु र सल्लाहकारहरुको उपस्थिति देखिन्थ्यो। राती १२ बजे नयाँवर्ष २०२० को  स्वागतसंगै हर्षउल्लास गर्दै  सहभागीहरु धेरैबेर नाचिरहेको दृश्य निक्कै आकर्षक देखिन्थ्यो ।