मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पर्यटकीय नगरी सौराहाबाट नेपाल भ्रमण वर्षको सुरुवात

पर्यटकीय नगरी सौराहाबाट नेपाल भ्रमण वर्षको सुरुवात


चितवन ।  नेपाल पर्यटन भ्रमण वर्ष २०२० को पहिलो दिन विदेशी पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ । भ्रमण वर्ष २०२० लाई देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा प्रदेश नं ३ सरकारले पनि प्रदेश नं ३ सरकारले चितवनको पर्यटकीय नगरी सौराहाबाट नेपाल भ्रमण वर्ष को शुभारम्भ गरेको छ । 
 
प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको शुभारम्भ गरिएको हो । उद्घाटन समारोहमा पर्यटनमन्त्री अरुणकुमार नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको उपस्थिति रहेको थियो । 
शुभारम्भ कार्यक्रमअघि प्रदेशअन्तर्गत १३ जिल्लाका विभिन्न साँस्कृतिक नृत्यसमेत प्रर्दशन गरिएको थियो ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले प्रदेश नं ३ पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु यही प्रदेशमा रहेको भन्दै भ्रमण वर्षमा लाखौँ पर्यटक भित्रिाने विश्वास व्यक्त गरे । 
 
कार्यक्रममा पर्यटनमन्त्री अरुण नेपालले प्रदेश नं ३ मा कला, संस्कृति र भेषभूषा अनुपम रहेको भन्दै कला, संस्कृति र भेषभूषालाई पर्यटन विकासको आधार बनाइने जिकिर गरे । 
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले मुलुकको आर्थिक विकासको मुख्य आधार पर्यटन रहेको भन्दै भ्रमण वर्षलाई पर्यटन विकासको अवसरका रुपमा लिनुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश सांसद, मेयर, उपमेयरलगायत जनप्रतिनिधि, उद्योगीहरुको सहभागिता रहेको थियो । 
 
भ्रमण वर्षलाई लक्षित गरी रेवान सौराहाले सडकमा फूड फेस्टिवलको आयोजना गरेको छ । 
 
आज सौराहा प्रवेश गर्ने पर्यटकहरुलाई रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुले फूलमालासहित स्वागत गरेका थिए ।