मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पोखरामा भव्य समारोहबीच भ्रमणवर्ष शुभारम्भ

पोखरामा भव्य समारोहबीच भ्रमणवर्ष शुभारम्भ


पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष २०२० भव्य समारोकाबीच शुभारम्भ गरिएको छ । संस्कृति र प्रकृतिले सम्पन्न गण्डकी प्रदेशको समृद्धिको महत्वपूर्ण आधार मानेको प्रदेश सरकारको आयोजनामा विभिन्न कार्यक्रमकासाथ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । 
 
हिमाल, पहाड र तराईलाई समेटको गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका संस्कृति र प्रकृतिको झल्को दिने गरी बाजागाजा र झाँकीसहित फेवाताल किनारको फिष्टेल गेटबाट सुरु गरिएको ¥याली बाराही घाटस्थित खेलमैदानमा भव्यसभामा परिणत भएको थियो ।
 
बाराही घाटमा आयोजित भव्य कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारले तयार गरेका विभिन्न ११० वटा पर्यटकीय गन्तव्यलाई समेटिएको श्रव्यदृष्य सार्वजनिक एवं बाराही घाटमा नेपाल भ्रमण वर्ष २०२० लेखिएको ब्यानर हटबेलु उडाइएर शुभारम्भ गरिएको थियो ।
 
प्रदेशभित्रका विभिन्न जातजाति भाषाभाषिको सांस्कृतिक प्रस्तुतिले भ्रमण वर्षको शुभारम्भ गरिएको हो । कार्यममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन नेपालकै आर्थिक समृद्धिको महत्वपूर्ण आधार रहेको बताउँदै यसलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
 
नेपालको समग्र पर्यटकीय आकर्षण विश्व बजारमा पु¥याउनुपर्ने आवश्यकता औल्याउँदै उनले त्यसका लागि पनि भ्रमण वर्षको उपयोग गर्नुपर्नेमा जोड दिए । पोखराको पर्यटनको धरोहरकोरूपमा रहेको रत्नमन्दिर र हिमागृह निकट भविष्यमा सर्वसाधारणका लागि खुल्ला हुने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि नेपाल ट्रष्टले कार्यविधि बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे । 
 
पर्यटकीयस्थल खुल्लासँगै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सघाउन पुग्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भ्रमण वर्षमा गण्डकी प्रदेशले राज्यलाई भ्रमण वर्षमा १० लाख पर्यटकको योगदान दिनुपर्ने धारणा राखे । नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेश संयोजक एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले छिमेकीमुलुक भारत र चीन नेपालको लागि मुख्य पर्यटक बजार भएको बताए ।
 
भारतका पर्यटकलाई प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ र चीनका पर्यटकलाई बौद्ध जन्मस्थल लुम्बिनीमा भित्र्याउन वातावरण तयार गर्ने हो भने गण्डकी प्रदेशमा मात्र वार्षिक २० लाखभन्दा बढी पर्यटक आउने बताउँदै उनले भ्रमण वर्ष समृद्धिसँग जोडिएको हुँदा सफल बनाउन तीनै तहका सरकारको दायित्व भएको बताए ।
 
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले भ्रमण वर्ष सफल बनाउन आजैदेखि अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिँदै महानगरले पाँच वर्षपछि वार्षिक २० देखि २५ लाख पर्यटक पोखरा भित्र्याउने गरी गुरुयोजना तयार गरेको जानकारी दिए ।
 
समितिका सहसंयोजक अग्निप्रसाद कँडेलले पोखरा आउने पर्यटकलाई रमाउने वातावरण सिर्जना गर्ने र नयाँ–नयाँ गन्तव्यमा जानका लागि प्रेरित गर्ने योजना रहेको बताउँदै यहाँका तालमा कसरी पर्यटकलाई जोड्ने तथा पदयात्रामार्गको व्यवस्थापन गर्ने बारेमा योजना
बनाइने बताए । पर्यटन प्रवद्र्धनका लागि उपयुक्त वातावरण र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै उनले त्यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको धारणा राखे । 
 
शुभारम्भ समारोहमा स्याङ्जाबाट गुरुङको घाँटु, पोखराबाट नेवारी समुदायको लाखे तथा तायःमचा नृत्य, नवलरपुरका थारु समुदायको लड्डी नाच, पोखरेली संस्कृतिक परिवारबाट नृत्यु र लोमाङथाङको याक नृत्य प्रस्तुत गरिएको थियो ।
 
प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायी, कलाकार, सञ्चारकर्मी लगायतको बाक्लो सहभागितामा फिस्टेलगेटदेखिनै विभिन्न जातीय तथा साँस्कृतिक समूहले आफ्नो जातीय र परम्परागत पोसाकमा सजिएर भ्रमणवर्ष सफल बनाउन आह्वान गरेका थिए । 
 
पोखरा महानगरपालिका विभिन्न ३३ वटै वडाबाट भ्रमण वर्ष लेखिएको ब्यानरसहित बेलुन  सो अवसरमा आकासबाटसमेत अल्ट्रालाइटमार्पmत लोगोसहित नेपाल भ्रमण वर्ष २०२० लेखिएको ब्यानर प्रदर्शनका साथै पुष्पवृष्टिसमेत गरिएको थियो ।