मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन


काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।
 
समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो ।
 
प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ गुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ । मङ्सिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको थियो । यसैगरी दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो । 
 
छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत सङ्कलित कूल एक लाख ८९ हजार लगतमध्ये हालसम्म एक लाख १३ हजार ४३ को निर्णय भइसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।
 
“बाँकी गुनासो प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन्, पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी लाभग्राहीमा समावेश गर्ने नगर्ने निर्णय हुन्छ”, उनले भने ।
 
लाभग्राही कायम भएका भूकम्पप्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापत रु ५० हजार तत्काल प्राप्त गर्नेछन् । 
 
पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी, २०७७ वैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने सहप्रवक्ता घिमिरेले बताए ।