मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भारतीय गायिका भोस्लेद्वारा राष्ट्रपति भण्डारीसँग भेटघाट

भारतीय गायिका भोस्लेद्वारा राष्ट्रपति भण्डारीसँग भेटघाट


काठमाडौँ । भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छन् । 
 
भोस्लेले आज राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग आज भेटघाट गर्नुभएको हो । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उनी बुधबार नेपाल आएकी हुन् । 
 
साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन् । 
 
राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । “उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ”, मोक्तानले भने, “भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति  धेरै खुशी हुनुभयो ।” भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उनले जानकारी दिए । 
 
भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराएको मोक्तानले बताए । “विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो”, उनले भने । 
 
शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनेछिन् । उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् ।
 
केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका छन् । 
 
शनिबार हुन लागिरहेको कार्यक्रमले नेपालको साङ्गीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताए ।