मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

समयअगावै काम सम्पन्न गर्ने रसुवा कन्ट्रक्सनका श्रेष्लाई सम्मान

समयअगावै काम सम्पन्न गर्ने रसुवा कन्ट्रक्सनका श्रेष्लाई सम्मान


दाङ । दाङमा तोकिएको समयअगावै निर्माण सम्पन्‍न गरेपछि एक निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । 
 
दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वारखोला पुल निर्माण तोकिएको समयभन्दा करिब ८ महिनाअगाडि नै सम्पन्न गरेपछि रसुवा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई विजौरी उद्योग वाणिज्य संघले सम्मान गरेको हो।
 
समयमै काम सम्पन्न गरेर उदाहरणीय व्यक्ति बनेको भन्दै बिहीबार सम्मान गरिएको संघका अध्यक्ष मुक्तिबहादुर वलीले बताए । 
 
‘रसुवा कन्ट्रक्सनले जसरी सबै निर्माण व्यवसायीले समयमै विकास निमार्णका काम गर्न सके विकास निर्माणले फड्को मार्नेछ,’ उनले भने ।  
 
कार्यक्रममा रसुवा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठले रसुवा कन्ट्रक्सनले आफूले जिम्मा लिएको काम समयमै सम्पन्न गर्नुपर्छ भन्‍ने जिम्मेवारीका साथ काम गर्ने गरेको   बताए । 
 
रसुवा कन्ट्रक्सनले जिम्मा लिएको काम सबै ठाउँमा समयमै सक्ने गरेको उनको भनाइ थियो ।   
 
विसं २०७४ साल असारमा सम्झौता भएको ठेक्का सो ठेक्का २०७७ असारमा निर्माण सक्नेगरी उक्त कम्पनीले जिम्मा पाएको थियो ।  
 
उक्त कम्पनीले दुई वटा पुल सम्झौता समयअगावै सम्पन्न गरेको हो ।  
 
घोराही(तुलसीपुर सडकखण्डमा करिब ८ महिनाअगाडि २२० मिटर लामो पुल र ग्वारखोलामै अर्को पुल करिब १४ महिनाअगाडि निर्माणसम्पन भइसकेको छ ।