मनोरञ्जन

भारतीय गायिका आशा भोस्ले नेपालमा

571 पटक पढिएको

25th Dec 2019, Wednesday | २०७६ पुष ९, बुधवार ०५:१५
काठमाडौँ । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आएकी छन् । 
 
त्रिभुवन विमानस्थलमा झाँकीसहित उनको स्वागत गरियो । भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए । 
 
भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 
 
उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । उनी पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ । 
 
“उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भने । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडयाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । 
 
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भर्इ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन् । 
 
“नेपाल भ्रमण वर्षलाई प्रर्वद्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ”, मोक्तानले भने ।