मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रणामी हिन्दु समाजद्वारा रक्तदान आयोजना

प्रणामी हिन्दु समाजद्वारा रक्तदान आयोजना


ड्यालस (अमेरिका) – टेक्ससको ड्यालसमा रहेका प्रणामी धर्मलाई अवलम्बन गर्ने नेपालीहरुको संस्था डिएफडब्लु श्रीकृष्ण प्रणामी हिन्दु समाजको आयोजनामा शनिबार वृहद् रक्तदान कार्यक्रम सम्पन्न भयो ।
 
ब्लड डोनर्स अफ अमेरिका टेक्सस च्याप्टरको समन्वय, कार्टर ब्लड सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको रक्तदानमा १० महिला सहित ३० जनाले रक्तदान गरेका थिए । सन् २००८ बाटै श्रीकृष्ण प्रणामीहरु संगठित हुँदै आएकोमा दुई वर्ष अघि सन् २०१७ मा संस्थाले हस्र्टमा आफ्नै भवन खरिद गरेर मन्दिर तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।