मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति ट्रम्प बिरुद्धको महाअभियोग प्रस्तावमा आज हाउसमा मतदान हुने

राष्ट्रपति ट्रम्प बिरुद्धको महाअभियोग प्रस्तावमा आज हाउसमा मतदान हुने


हिमालय खबर संबाददाता-
अमेरिका- अन्तत: अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले(हाउस) राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने निश्चित भएको छ। अहिले केही बेरमा हाउसमा महाअभियोग सम्वन्धि अनुसन्धान पश्चात न्यायिक समितिले तयार पारेको दुई मुख्य आरोपहरुका (इम्पिचमेण्ट आर्टिकल) सम्वन्धमा अन्तिम मतदान हुने कार्ययोजना हाउसले सार्वजनिक गरिसकेको छ। 
 
ट्रम्पलाई राष्ट्रपतिको पदको अत्यधिक दुरुपयोग गर्दै युक्रेनलाई २०२० मा हुने राष्ट्पतीय चुनावका आफ्ना संभावित प्रतिद्वन्द्धी जोय बाइडन माथि अनसंन्धान गर्न दूर्नियतपूर्वक दबाव दिएको र संसदले गरिरहेको अनुसंन्धानमा असहयोग गर्दै आवश्यक कागजात नदिने र बयानका लागि संसद समक्ष उपस्थित नहुन अधिकारीहरुलाई निर्देशन दिएको दुईवटा आरोपहरु लगाइएको छ। 
 
डेमोक्रेटहरुको नियन्त्रणमा रहेको हाउसले महाअभियोग प्रस्तावलाई मतदानबाटै टुंग्याउने रणनीति लिएकाले राष्ट्रपति ट्रम्प हाउसबाट ‘इम्पिच’ हुने निश्चित जस्तै भएको छ। ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग लगाइएका तेश्रो राष्ट्रपति हुने पक्का भएको छ। यस अघि एन्ड्रयू जन्सन (१८६८) र बिल क्लिन्टन (१९९८) पनि हाउसबाट इम्पिच भएका थिए। संयोगवस उनीहरु दुबै डेमोक्रेट राष्ट्रपति थिए भने ट्रम्प रिपव्लिकन पार्टीका तर्फबाट निर्वाचित भएका हुन्। 
 
हाउसले महाअभियोग प्रस्तावमा बुधावार मतदान गर्ने कार्यतालिक सार्वजनिक गर्ने बित्तिकै स्पिकर न्यान्सी पेलोसीलाई ६ पेज लामो क्रुद्धताले भरिपूर्ण पत्र लेखेका राष्ट्रपति ट्रम्पले आज बिहानै पनि सोही सन्दर्भमा डेमोक्रेटिक पार्टी लक्षित आक्रोशपूर्ण ट्वीट लेखेका छन्। उनले लेखेका छन्- तपाईंहरु विश्वास गर्न सक्नुहुन्छ? केही नगर्ने, उग्रवामपन्थी डेमोक्रेटहरुको कर्तूतबाट आज म इम्पिच्ड हुॅदैछु, जबकि मैले केही गल्ति गरेको छैन। उनले युक्रेनसंग भएका फोन वार्ताको ट्रान्सक्रिप्ट पढ्न सुझाउॅदै थप लेखेका छन्- ‘यो दुर्भाग्यपूर्ण काम हो र यस्तो दुष्हासपूर्ण काम फेरी कुनै राष्ट्रपति माथि हुनु हुॅदैन।’ तस्बिर: सामाजिक संजाल