मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसद्वारा भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत उनीहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउँदै उनीहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् । 
 
यसैगरी कांग्रेसले धनुषा सबैला–२ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । 
 
नेपालको लोकतान्त्रिक आन्दोलनमा उनीहरुले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।