मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली अखण्डताको निमित्त डीसी ३००० नेपाली सहभागी हुने

नेपाली अखण्डताको निमित्त डीसी ३००० नेपाली सहभागी हुने


अमेरिका- नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेको कुराको बिरोध गर्दै नेपालका ती भूभागहरु बाट भारतीय सेना हटाइ उक्त नेपालका भूमिहरु नेपाललाई नै फिर्ता गर्नुपर्ने माग सहित यो सप्ताहन्तमा भोलि र पर्सी अमेरिकाको राजधानी क्षेत्रमा बिभिन्न कार्यक्रमको आयोजना गरिदैछ। 
 
यहि डिसेम्बर डिसेम्बर १४ शनिवार बिहान १०:३० बजे का दिन यस विषयका बिज्ञहरुसंग बाल्टिमोर नेपाली एशोसिएसन को भवन बाल्टिमोरमा प्यानल डिस्कसनको आयोजना गरिदैछ। उक्त प्यानल डिस्कसनको मोडरेटर एएनए का पूर्व अध्यक्ष रोजर अधिकारी हुनुहुन्छ भने बिज्ञहरुमा बद्रीनारायण श्रेष्ठ, बुद्धि तिवारी र गोपी उप्रेती हुनुहुन्छ।  
 
त्यसैगरी यहि डिसेम्बर १५ आइतवार बिहान १०:३० बजे अमेरिकाका नेपालीहरु वाशिंगटन डिसीमा बिरोध जुलूस प्रदर्शन गर्ने भएकोले र सबैलाई सहभागिता हुन् अनुरोध गरेको छ । अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस अगाडी रहेको लाफेएट पार्कमा गरिने जानकारी प्राप्त भएकोछ।
 
यस कार्यक्रमको आयोजक कुनै पनि संस्था नरहेको र यो सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम रहेको जनाइएको छ।  रोजर अधिकारीकै कन्सेप्टमा छलफल शुरु भएको यस कार्यक्रमको तयारी निकै कमिटीहरु निर्माण गरि पूर्ण तयारीका साथ आयोजकहरु अघि बढिरहेका छन् र यस कार्यक्रमको संयोजन भने बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले गरिरहनुभएको छ। 
 
अमेरिका भरिबाट तीन हजार भन्दा बढी सहभागिता रहने आयोजक कमिटिका सदस्य टेक्सासवासी विजयराज भट्टराइले बताए ।