मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप

सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप


सुनसरी । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।
 
आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । 
 
आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
 
थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताए । 
 
दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ होममै लगिएको प्रहरीले जनाएको छ ।
 
सुनसरी प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस शुरु हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
बलात्कारको आरोपमा पक्राउ 
 
इटहरी उपमहानरपालिका–१९ की एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा उपमहानगरपालिका–२० मा सन साहेव फर्निचर सञ्चालन गर्दै आएका राजेशकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
गत जेठमा विराटनगरस्थित अतिथि सदन नजिक एक युवतीलाई बलात्कार गरेर फरार रहेका मेहतालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
मेहतालाई बिहीबार पक्राउ गरी मोरङ प्रहरीको जिम्मा लगाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
 
मेहतालाई जबरजस्ती करणी उद्योग मुद्दामा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।