मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

चीसो ह्युस्टनमा सिम्खडाको न्यानो हाँस्यव्यंग

चीसो ह्युस्टनमा सिम्खडाको न्यानो हाँस्यव्यंग


ह्युस्टन (टेक्सास)। नेपालका चर्चित हाँस्यव्यंग कवि शैलेन्द्र सिम्खडाको बेजोड प्रस्तुतिका बीच यहाँका नेपालीहरुले हिजो साँझ भरपूर मनोरन्जन लिए ।
 
नेप्लिज एशोसिएसन अफ ह्युस्टनले स्थानीय काठमाण्डु करी एन्ड बारमा आयोजना गरेको Entertaining Night With Shailendra Simkhada कार्यक्रमलाई दर्शकहरुले फरक प्रस्तुतिको रुपमा लिएका थिए । नेपालको वर्तमान अवस्था, सामाजिक र राजनीतिक स्थिति , सिनेमा जगत र एनआरएन सबै पक्षमा देखिएका विकॢति र विसंगतिलाई सिम्खडाले आफ्नो एकल प्रस्तुति मार्फत प्रहार गरेका थिए ।
 
झन्डै एक घण्टा ३० मिनेटको उनको धाराप्रवाह व्यंग कहिले नेपाली राजनीतिको फोहोरी अवस्था ,कहिले नेताहरुको लाछी र नालायकीपन अनि कहिले पुरुष र महिलाका क्रियाकलापप्रति लक्षित थिए । सामाजिक र धार्मिक विसंगति विरुध्द उनले आफ्ना कविता मार्फत गतिलो प्रहार गरे ।
 
कार्यक्रममा सहभागी महिला श्रोताहरुले कवि शैलेन्द्रको खरो व्यंगमा अलिकति असजिलो अनुभव भएको गुनासो पनि गरे । महिलाहरुप्रति उनको व्यंग अलि बढी नै अस्वभाविक भएको गुनासो गर्नेहरु पनि देखिए । तर समग्रमा हिजोको कार्यक्रम अत्यन्त मनोरन्जनात्मक र उत्साहप्रद रहेको सहभागीहरुको प्रतिक्रिया रह्यो ।
 
चीसो मौसम र "विकडेज " भएपनि दर्शक श्रोताहरुको गहकिलो उपस्थिति कार्यक्रममा देखियो । कार्यक्रमको प्रारम्भमा नेप्लिज एशोसिएसन अफ ह्युस्टनका अध्यक्ष डा. विष्णु नेपालले अथिति कलाकार र दर्शकश्रोताहरुको स्वागत गरेका थिए । वरिष्ठ सिनेमा निर्देशक नारायण पुरीले कवि शैलेन्द्र सिम्खडाको बारेमा आफ्नो भनाई राख्दै आयोजक सबैप्रति आभार व्यक्त गरे ।
 
कार्यक्रमका सहभागीहरु काठमाण्डु करी एण्ड बारको स्वादिष्ट नेपाली परिकार र हाँस्यव्यंग कार्यक्रमको आनन्द लिन पाएकोमा आयोजकप्रति खुशी देखिन्थे ।