मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

१६ वर्षीया किशोरी बनिन् यस वर्षको टाइम वर्ष व्यक्ति

१६ वर्षीया किशोरी बनिन् यस वर्षको टाइम वर्ष व्यक्ति


हिमालयखवर संवाददाता-
वुधवार विहान टाइम म्यागेजिनले जलवायु परिवर्तन अभिन्यता (एक्टिभिष्ट) स्वीडेनकी १६ बर्षिय किशोरी ग्रेटा थनवर्गलाई सन् २०१९ को टाइम बर्ष व्यक्ति घोषणा गरेको छ ।
 
यस बर्ष संयुक्त राष्ट्रसंघले आयोजना गरेको जलवायु सम्मेलनमा पर्यावरणमा आएको मानव सृजित संकट रोक्न विश्वका नेताहरु असफल रहेको र आफ्नो भविष्य असुरक्षित वनाईदिएको आरोप उनले लगाएकी थिईन । त्यहां उनले दिएको विश्वका नेताहरुलाई लक्षित हाउ डेयर यु भाषण विश्वभर चर्चा पाएको थियो ।
 
उक्त सम्मेलनमा ग्रेटाले बोल्दै गर्दा विश्वका शक्तिशाली नेताहरु पनि उपस्थित थिए । उनलाई किन टाइम बर्ष व्यक्ति चुनियो भन्नेमा टाइमले लेखेको छ , १६ बर्षिय यी किशोरीले यो वर्ष जलवायु परिवर्तन मुद्दा उठाउंदै स्वीडेनको संसद वाहिर प्रर्दशन गरिन र त्यसपछि यस मुद्दामा विश्वभरका युवालाई आन्दोलनमा सहभागी गराई नेतृत्व दिईन । छोटो समयमै उनले संयुक्त राष्ट्र संघका महासचिवसंग भेटघाटको अवसर पाइन र विश्वका नेताहरु जसमा कयौं देशका राष्ट्रपति र धर्मगुरु पोपपनि सहभागी रहेको कार्यक्रममा निडर हुदैं जलवायु परिवर्तन रोक्न उनीहरुले पर्यात काम नगरेको वताइन् ।
 
उनले यसै मुद्दामा युरोपभर फ्राइडे फर फ्यूचर प्रदर्शनीको पनि नेतृत्व गरेकी थिइन् । टाइमले भनेको छ विश्वकै सवैभन्दा प्रमुख मुद्दामा ग्रेटा सवैभन्दा प्रखर आवाज लिएर उदाएकी छिन् । उनले पर्यावरण वचाउने मुद्दामा भाषण र आश्वासन होइन ठोस काम हुनुपर्यो भन्ने माग गर्दै आएकी छिन् । यस क्रममा यस बर्ष दिईएको पर्यावरण पुरष्कार पनि उनले वहिष्कार गरिन् । पुरष्कार दिएर होइन ठोस काम गर भन्ने सन्देश दिदैं उनले जलवायु परिवर्तन सम्वन्धि दिइएको उक्त पुरष्कार वहिष्कार गरेकी थिईन ।
 
हगंकगंका प्रर्दशनकारी, अमेरिकाको कांग्रेसमा सभामुख नेन्सी पोलसी र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै ग्रेटा यस बर्षको टाइम बर्ष व्यक्ति भएकी हुन् । राष्ट्रपति ट्रम्पले ग्रेटाको हाउ डेयर यु भाषण प्रति व्यगं गर्दै दिएको अभिव्यक्ति त्यसवेला धेरैले आलोचना गरेका थिए ।
 
टाइमले सन् १९२७ देखि बर्ष व्यक्ति घोषणा गर्दै आएको छ । तस्बिर : सामाजिक संजाल