मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महाअभियोग लगाउन राष्ट्रपति ट्रम्प बिरुद्द आउॅदो साता हाउसमा मतदान हुने

महाअभियोग लगाउन राष्ट्रपति ट्रम्प बिरुद्द आउॅदो साता हाउसमा मतदान हुने


अमेरिका- राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाइने प्रस्ताव माथि आउॅदो साता अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (हाउस) मा मतदान हुने भएको छ। 
 
सिएनएनका अनुसार हाउसको न्यायिक समितिका सभापति जेरी न्याड्लरले भर्खरै पत्रकार सम्मेलन मार्फत उक्त कुरा बताएका हुन्। राष्ट्रपति ट्रम्पलाई दुईवटा अभियोगहरु लगाइने सभापति न्याड्लर सहितका डेमोक्रेट नेताहरुले पत्रकारहरुलाई जानकारी गराएका छन्।
 
ट्रम्पलाई राष्ट्रपति पदको दुरूपयोग गर्दै युक्रेनलाई दिइने करीब चालिस करोड डलरको सैन्य सहायता रोकेर आफ्ना राजनीतिक प्रतिद्वन्द्धिलाई अनुसन्धान गर्न दबाव दिएको र केही महत्वपूर्ण अमेरिकी अधिकारीहरुलाई संसद समक्ष बयान दिन अवरोध पुय्राएको अभियोग लगाउने निष्कर्षमा डेमोक्रेट नेताहरु पुगेका छन्। 
 
आगामी साता अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा महाअभियोगको प्रस्ताव उपर हुने औपचारिक मतदानबाट अमेरिकी इतिहासमा तेश्रो पटक राष्ट्रपतिलाई महाअभियोग लगाइने संभावना बढेको छ। 
 
डेमोक्रेटहरुको बहुमत रहेको हाउसको मददानबाट महाअभियोग लाग्ने लगभग निश्चित भएका राष्ट्रपति ट्रम्प सिनेटमा हुने ट्रायलबाट भने उन्मुक्ति पाउनेमा विश्वस्त देखिए पनि हाउसले उनलाई लगाउने महाअभियोगबाट केही हतास र क्रुद्ध देखिएका छन्।
 
 स्पिकर पेलोसी सहित उपस्थित पत्रकार सम्मेलनको घोषणा पश्चात केही मिनेटको अन्तरालमा राष्ट्रपति ट्रम्पले गरेका चारवटा ट्वीटले पनि उनी यस मामिलामा कति धेरै उद्देलित छन् प्रष्ट्याउॅछ। अमेरिकी सत्ता राजनीतिका कारण करीब दुई महिना देखि जारी महाअभियोग अनुसन्धानको पटाक्षेप हुने अन्तिम क्षणतिर पुगेको छ। तस्बिर: सामाजिक संजाल