मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिला हिंसा नियन्त्रण गर्न कडा कानून ल्याउनुपर्छ : सभापति देउवा

महिला हिंसा नियन्त्रण गर्न कडा कानून ल्याउनुपर्छ : सभापति देउवा


काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनामा वृद्धि भइरहेको बताउँदै त्यसलाई रोक्न सरकारले आवश्यक कार्य गर्न नसकेको बताएका छन् । 
 
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला हिंसाविरुद्धको अभियानको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उनले भने, “मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढिरहेका छन्, महिला हिंसाका घटनालाई नियन्त्रण गर्नुको सट्टामा सरकारले लुकाउने काम गरेको छ ।”
 
सभापति देउवाले महिला हिंसा गर्ने व्यक्तिलाई आफ्नो पार्टीले सदस्यतासमेत नदिने भन्दै यस्ता अपराध गर्नेलाई अझ बढी दण्ड र जरिवानाको व्यवस्था गर्न माग गर्नुभयो । महिला हिंसा गर्नेमाथि कडा कारबाही गर्न कडा कानून ल्याउनुपर्ने बताए । 
 
कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले महिला हिंसाका घटना परिवार, गाउँ, समाज र कार्यस्थलमा समेत हुने भएकाले त्यसको अन्त्य गर्न पार्टीले जागरण अभियान प्रशिक्षणमार्फत नै गर्ने बताए । 
 
महामन्त्री डा शशांक कोइरालाले महिलामाथि हुने हिंसा अन्त्य गर्न पार्टीका सबै नेता कार्यकर्ता प्रतिबद्ध हुनपर्ने धारणा व्यक्त गरे ।