मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

बक्सिङमा नेपालका सनिल शाहीलाई स्वर्णपदक

बक्सिङमा नेपालका सनिल शाहीलाई स्वर्णपदक


काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत बक्सिङ खेलमा नेपालका सनिल शाहीले स्वर्णपदक जितेका छन् । 
 
सातदोबाटोस्थित कराते हलमा आज भएको पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै उनले नेपाललाई स्वर्ण पदक दिलाएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्य जित्यो ।
 
पुरुष ५२ केजीमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जित्यो । यस स्पर्धामा नेपालका तेजबहादुर देउवाले कास्य पदक हात पारे । 
 
पुरुष ६९ केजीमा नेपालका विकास लामाले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले रजत तथा बङ्गलादेशले कास्य पदक हात पा¥यो ।
 
पुरुष ८१ केजीमाथि नेपालका गणेश प्रधानले रजत जिते । उनी फाइनलमा श्रीलङ्कासँग पराजित भए । 
 
यस खेलमा भारतले कास्य पदक हात पा¥यो । त्यस्तै पुरुष ९१ केजीमाथि नेपालका आशिष दुवाडीले रजत पदक हात पारे । 
 
उनी फाइनलमा भारतसँग पराजित भए । यस स्पर्धामा श्रीलङ्काले कास्य जित्यो । 
 
आजै भएको महिला ६४ केजी तौल समूहमा नेपालकी पुनम रावलले रजत पदक हात पारिन् । 
 
यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य जित्यो । महिला ५७ केजीमा भारतले स्वर्ण र श्रीलङ्काले रजत जित्यो भने नेपालकी चन्द्रकला थापाले र पाकिस्तानले कास्य पदक हात पारे ।