मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल जर्नीले भरतपुर महानगरमा अपाङ्गमैत्री ई–लाइब्रेरी निर्माण गर्ने

नेपाल जर्नीले भरतपुर महानगरमा अपाङ्गमैत्री ई–लाइब्रेरी निर्माण गर्ने


चितवन । विभिन्न सामाजिक कार्य र ई–लाइब्रेरी अभियान सञ्चालन गर्दै आएको नेपाल जर्नी संस्थाले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ मा नेपाल जर्नी अपाङ्गमैत्री विद्युतीय पुस्तकालय निर्माण गर्ने भएको छ । 
 
पुस्तकालय निर्माणका लागि सो संस्थाले भरतपुर महानगर ४ का सबै टोलविकास संस्थाका अध्यक्षसहित राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरेको हो ।
 
छलफलमा सहभागीहरुले अपाङ्गमैत्री विद्युतीय पुस्तकालय निर्माण गर्न सहमति जनाएका छन् । 
 
सहभागीहरुले पुस्तकालय निर्माणपछि भरतपुर महानगरलाई हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । 
 
भरतपुर महानगरले नेपाल जर्नी संस्थाका लागि यसअघि नै दुई कठ्ठा १० धुर जग्गा पुस्तकालय निर्माणका लागि उपलब्ध गराएको छ ।
 
सोही जमिनमा पुस्तकालय निमार्ण गर्ने विषयमा संस्थाका अध्यक्ष मौसमी श्रेष्ठसहितको टोली र स्थानीय सरोकारवाला निकायबीच पुस्तकालय निर्माणको विषयमा छलफल गरिएको हो । 
 
छलफलमा बोल्दै वडा नं ४ का वडाध्यक्ष हरि आचार्यले त्यहाँ पुस्तकालय निर्माणका लागि स्थानीयबीच सहमति भएको र अब छिट्टै दुई पक्षीय सम्झौता गरी पुस्तकालय निर्माणको काम सुरू गरिने बताए । 
 
सो अवसरमा सहभागी केही जनप्रतिनिधिले खाली जमिनमा हचुवाकै भरमा संरचना बनाइँदा दीर्घकालमा असर हुने बताउँदै त्यसलाई हेरफेर गर्नुपर्ने बताएपछि संस्थाकी अन्तर्राष्ट्रिय अध्यक्ष मौसमी श्रेष्ठले महानगरले सो स्थानमा जमिन उपलब्ध गराउन नसके आफूहरुले चितवनमा पुस्तकालय नबनाउने प्रतिक्रिया दिइन् । 
 
अध्यक्षको प्रतिक्रियापश्चात् सहभागीहरुले आफूहरुले पुस्तकालयको विरोध नगरेको तर निर्माणपछि पूर्णरुपमा वडाको स्वामित्व हुनुपर्ने माग गरेका थिए ।
 
छलफलपछि जनप्रतिनिधिसँग बसेर दुवै पक्षले पुस्तकालय निर्माणका विषयमा आवश्यक तयारी थाल्ने जनाएका छन् ।