मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धमाधम पक्राउ पर्दै अपराध गरी फरार भएका अभियुक्तहरु

धमाधम पक्राउ पर्दै अपराध गरी फरार भएका अभियुक्तहरु


चितवन । जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा संलग्न दुई हजार ६०० पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । 
 
विभिन्न आपराधिक घटनामा सङ्लग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र तीन महिला छन् । प्रहरीका अनुसार अनुपातमा अभियुक्तहरुले छ महिनादेखि दुई वर्षसम्म कैद सजाय पाएका छन् । 
 
उनीहरुबाट रु सात लाख ८३ हजार ५०० जरिवाना असुल गरिएको छ । अपराध मुद्दामा ४४६, अभद्र व्यवहारमा ४१३ जनालाई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको छ ।
 
अवैध सट्टेबाजी, नेटवर्किङ ठगी, चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘क्लिन चितवन अभियान” अन्तर्गत विभिन्न घटनामा सङ्लग्न एक हजार ७४७ लाई सोधपुछ तथा परार्मश गरी छाडिएको छ । 
 
यस्तै जबरजस्ती वेश्यावृतिमा लगाउने पाँच जनालाई पक्राउ गरी छुट्टाछुट्टै तीन वटा मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाइएको छ । जुवातास खेल्ने १३३ लाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।  
 
चितवन प्रहरीले अवैध लागुऔषध खरिद विक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ४० जनालाई मुद्दा चलाएको छ । 
 
जिल्लाको पहाडी क्षेत्रमा अवैधरुपमा लगाइएको १५० विघा गाँजा नष्ट गरेको छ । जिल्लामा ६ महिनाको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने २१ हजार ५१३ वटा सवारी तथा सवारी चालकलाई कारबाही गरिएको छ । 
उनीहरुबाट रु एक करोड ६९ लाख २४ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।