मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

छोरा राम लिम्बुलाई जिताइदिन आमा पुष्पा शेर्पाको आग्रह (भिडियोसहित)

छोरा राम लिम्बुलाई जिताइदिन आमा पुष्पा शेर्पाको आग्रह (भिडियोसहित)


काठमाडौँ । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस नेपाल’को दोस्रो सिजनको अन्तिम भिडन्तमा राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बु शीर्ष उपाधिका लागि लड्दैछन् ।
 
यही चार प्रतियोगीमध्ये एक जना भाग्यमानी भ्वाइस अफ नेपालको विजेता बन्दैछन् । विजेताका लागि अब भने चार निर्णायकको हातमा छैन । प्रतियोगिता भोटिङ चरणमा प्रवेश गरिसकेको छ । चार जनामध्ये एक जनालाई शीर्ष उपाधि दिलाउन दर्शकको भोट नै निर्णायक हुनेछ ।
 
भ्वाइस अफ नेपालको भोटिङ चरण खुला गरिएको छ । शुक्रबार र शनिवारको एपिसोडमा प्रतियोगीहरुको प्रस्तुति हेर्न पाइनेछ । उक्त प्रस्तुतिको आधारमा दर्शकले प्रतियोगीलाई भोट गर्न सक्नेछन् । आगामी शुक्रबार रातिसम्म अन्तिम प्रस्तुतिसम्म भोटिङ लाइन खुला हुनेछ ।
 
भोटिङका लागि एसएमएसमार्फ़त र प्रभु–पे मोबाइल एप डाउनलोड गरी दर्शकले आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सक्नेछन् । प्रतियोगीलाई विश्वका जुनसुकै कुनाबाट पनि भोट गर्न सकिनेछ । दर्शककै भोटको आधारमा प्रतियोगीको भाग्य–परीक्षा हुनेछ ।
 
भ्वाइस अफ नेपालको दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्न नेपाल, अमेरिकादेखि दार्जिलिङसम्मका प्रतियोगी सामेल भएका छन् । उनीहरुमध्ये कतिले भ्वाइस अफ नेपालको आफ्नो यात्रा टुंग्याइसकेका छन् भने चार जनाको अन्तिम भिडन्त हुँदैछ । 
 
भ्वाइस अफ नेपाल सर्वाधिक चर्चित सांगीतिक रियलिटी शो हो । हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको प्रतियोगिताको अहिले दोस्रो संस्करण चल्दै छ । साउनको पहिलो साताबाट सुरु भएको भ्वाइस अफ नेपाल सिजन २ हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ ।
 
दोस्रो संस्करणका लागि देश–विदेशबाट करिब २३ हजार प्रतियोगीले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । जसमध्ये एक सयभन्दा बढी प्रतियोगीले ब्लाइन्ड अडिसनका लागि मौका पाएका थिए ।
 
सडकमा मम बेच्नेदेखि हातमुख जोड्नकै लागि विदेशिदै गरेको रामको कहानी सुनाउँदै आमा पुष्पा शेर्पा पहिलोपटक मिडियामा बोलेकी छन् । आफ्नो छोरा राम लिम्बुलाई भोट दिएर ‘द भ्वाइस नेपाल’को विजेता बनाउन उनले देशविदेशमा रहेका सबै शुभेच्छुक दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध गरेकी छन् ।
 
राम लिम्बु प्रमोद खरेलको टिममा छन् । गायक खरेलको टिममा परेकाले उनीमाथि संगीतप्रेमीहरुको साथ र समर्थन अनि भोटको अपेक्षा रामकी आमाले गरेकी छन् ।
 
राम लिम्बुलाई जिताउन एसएमएस वा प्रभु–पे मोबाइल एप डाउनलोड गरी ०८ टाइप गरी नेपालबाट ३७०००, कतारबाट ९२३०० र भारतबाट ५३०१० मा भोटिङ गर्न सकिनेछ ।