मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इतिहास रचियो निरशाह, शिव, राजेश र भुवन एकै स्टेजमा

इतिहास रचियो निरशाह, शिव, राजेश र भुवन एकै स्टेजमा


सान फ्रानसिस्को (क्यालिफोर्निया)- नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भब्यताका साथ सम्पन्न भएको छ।

 
नेपाली चलचित्र जगतमा ख्याती प्राप्त सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी कलाकार साथै बाक्लो दर्शकहरुको सहभागीता रहेको थियो । नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरु शिव श्रेष्ठ, भुवन के सी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिदा आम दर्शकहरु निक्कै उत्साहित देखिन्थे ।
 
कार्यक्रममा चलचित्र शिरोमणि लाइफटाइम अवार्डको सम्मानबाट निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो। त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दर्शक नायक  सम्मानबाट राजेश हमाल सम्मानित हुनु भएको थियो। संगीत महारथी सम्मान बाट गायक तथा संगीतकार शम्भुजित बास्कोटा सम्मानित हुनुभएको थियो।
 
श्री गेहेन्द्र धिमाल स्‍मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित हुनुभएको थियो भने श्री राम केशर बोगटी स्‍मृति सम्मानबाट नायक रबिन्द्र खड्का सम्मनित हुनु भएको थियो। डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत हुनु भएको थियो ।
 
फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्र सम्मनित भएको थियो। स्टार अफ दि ईयरको आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल हुनु भएका छन् भने स्टार अफ दि इएर अवार्ड सम्मान नायिका नम्रता श्रेष्ठ ले पाउनुभएको छ। गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्डले सम्मानित गरिएको थियो।ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड बाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे सम्मनित भएको थियो। जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित हुनु भएको थियो भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्डले सम्मनित हुनु भएको थियो।
 
समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
 
यसै नेपाली फ़िल्म अवार्ड २०१९ को ऐतिहासिक क्षणमा “RISE UP” वृतचित्र को पनि प्रदर्शनी गरिएको थियो र यसमा मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया  Beverly Hills मा २ बर्षे अभिनय कोर्स पुरा गरि केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय  कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् ।
 
जस्मा एस राज प्रोडक्शनका  (शंकर राज वाग्ले) र सन्जय कार्कीको छांयाकन रहेको छ भने  यस वृतचित्रमा शंकर राज वाग्ले ले निर्देशन गरेका हुन् ।
 
यस चलचित्रमा बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन् र अन्य कलाकार हरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली, अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई, सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियान्त विष्णु राउत र निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय रहेको छ ।
 
यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा  घटिरहेको बास्तविक घटनाक्रम तथा  विभिन्न हिसां, हत्या र  सामाजिक विकृतिसंग जोडिएका विषयहरु सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन् र यस वृतचित्रको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् ।
 
अन्तराष्ट्रीय डायस्पोरा मा नेपाली फिल्मकर्मीलाई सम्मान, नेपाली फिल्मलाई अमेरिकी डायस्पोरामा प्रबर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबंधन र कलाकार पुनर्मिलनको अवसरको रुपमा गरिएको भन्दै ८८४८ मिडिया हाउस एलएलसीको निर्देशक तर्फबाट नारायण पुरीले स्वागत मन्तब्य राख्नु भएको थियो र ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रमुख नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्नु भएको थियो। दोस्रो दिन पर्यटन बर्ष २०-२० लाई  लाई प्रबंधन गर्ने उध्येश्यले डे परेड कार्यक्रम गरिएको थियो।