मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पानस अमेरिकामा राजेन्द्र शेरचनको नेतृत्व

पानस अमेरिकामा राजेन्द्र शेरचनको नेतृत्व


अमेरिका । प्रवासी नेपाली एकता समाज (पानस अमेरिका) को नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । 
 
राप्रपा अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राजेन्द्र शेरचन (बोस्टन)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । 
 
समितिको उपाध्यक्षहरुमा दिपु भुसाल (टेक्सास), नरेन्द्र शाह (न्यूयोर्क), राधा शर्मा (मेरिल्याण्ड), महासचिवमा नवराज खड्का (न्यूयोर्क), सचिवमा नरेन्द्र रावल (मेरिल्याण्ड), कोषाध्यक्षमा रामशरण श्रेष्ठ (न्यू हेम्सार) चयन भएका छन् । 
 
यसैगरी, सदस्यहरुमा रुद्र राउत (न्यूयोर्क), नारायण थापा (भर्जिनिया), पारसमणि श्रेष्ठ (मेरिल्याण्ड), बाचुन केसी (न्यूयोर्क), साधुराम कुईंकेल (बोस्टन), सुनिता लिङ्देन (ओहायो), अर्जुन विष्ट (क्यालिफोर्निया), बामदेव अर्याल (मेरिल्याण्ड) रहेका छन् ।