मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाङ ३ (ख) मा नेकपाकी विमला ओली विजयी

दाङ ३ (ख) मा नेकपाकी विमला ओली विजयी


दाङ । दाङ क्षेत्र नं ३ (ख)मा नेकपाकी उम्मेदवार विमलाकुमारी ओली विजयी बनेकी छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । 
 
नेकपाकी उम्मेदवार खत्री ओलीले  २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याएका छन् । 
 
ओली  प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन् । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उनकै विरासतका रुपमा पत्नी विमलालाई नेकपाले उमेदवार बनाएको हो । 
 
राप्रपाका भूपाल रावतले २२५, राप्रपा संयुक्तका  छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका  सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र  लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् । 
 
उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो ।